शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सार्वजनिक निकायले अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने

images
शुक्रबार, फागुन ५ २०७९
images
सार्वजनिक निकायले अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्नुपर्ने

सर्कुलरमा आयोग/मन्त्रालय तथा मातहतका निकायहरूले आयोजना गर्ने अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्ने विषय समावेश गरिएको छ।

images
images

काठमाडौं- उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तुमात्रै प्रयोग गर्न परिपत्र गरेको छ। मन्त्रालयले १५ प्रतिशत महँगो भए पनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने भन्दै सर्कुलर जारी गरेको छ। जारी सर्कुलरमा आयोग/मन्त्रालय तथा मातहतका निकायहरूले आयोजना गर्ने अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्ने विषय समावेश गरिएको छ।

images
images
images

सार्वजनिक निकायले आफ्नो उपयोगको लागि स्टेसनरी, फर्निचर-फिक्चर्स, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म सबै नेपाली उत्पादन नै खरिद गर्नुपर्ने र उपलब्ध नभएमा न्यूनतम ५० प्रतिशत स्वदेशी मालसामान खरिद गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

images
images

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ बमोजिम कुनै विधि छनोट गरी खरिद गर्दा विदेशी मालसामानभन्दा नेपालमा उत्पादित मालसामान १५ प्रतिशत महँगो भए तापनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेको भन्दै सोही बमोजिम खरिद गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

images
images

यस्तो छ मन्त्रालयको १२ बुँदै परिपत्र

१. सार्वजनिक निकायले निर्देशिकाको दफा ४ मा उल्लिखित मालसामान वा वस्तु उत्पादन गर्ने स्वदेशी उत्पादक एवं नेपाली वस्तु आपूर्ति गर्ने आपूर्तिकर्ताको रोष्टर तयार गरी स्वदेशी उत्पादन नै खरिद गर्ने व्यवस्था मिलाउने।

२. आयोग/मन्त्रालय तथा मातहतका निकायहरूले आयोजना गर्ने अतिथि सत्कार एवं चिया, खाजामा अनिवार्य रुपमा नेपाली उत्पादन प्रयोग गर्ने।

३. सार्वजनिक निकायले आफ्नो उपयोगको लागि स्टेसनरी, फर्निचर - फिक्चर्स, मेसिनरी औजार जस्ता मालसामान खरिद गर्दा उपलब्ध भएसम्म नेपाली मालसामान नै खरिद गर्नुपर्ने सो नभएमा न्यूनतम पचास प्रतिशत स्वदेशी मालसामान खरिद गर्ने।

४. सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १७ बमोजिम कुनै विधि छनोट गरी खरिद गर्दा विदेशी मालसामान भन्दा नेपालमा उत्पादित मालसामान पन्ध्र प्रतिशतसम्म महंगो भए पनि नेपाली मालसामान नै खरिद गर्नुपर्ने व्यवस्था रहेकोले सोही बमोजिम खरिद गर्ने।

५. कोष तथा लेखा नियन्त्रक कार्यालयले आन्तरिक लेखा परीक्षण गर्दा नेपाली वस्तु खरिद भए नभएको सम्बन्धमा प्रतिवेदनमा कैफियत उल्लेख गर्ने।

६. स्वदेशी माल सामान वा वस्तुको उत्पत्तिको प्रमाणपत्रको विवरण नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल च्याम्बर अफ कमर्श र मातहतका निकायले आफ्नो वेवसाइटमा प्रकाशन गर्ने र सार्वजनिक निकायले सो विवरणलाई समेत आधार लिई स्वदेशी वस्तु खरिद गर्न सक्ने।

७. स्वदेशी मालसामान उत्पादन गर्ने उत्पादकहरूले सार्वजनिक निकायमा आफ्नो उत्पादनलाई सूचिकृत गराउनु पर्ने।

८. प्रदेश तथा स्थानीय तहहरूले समेत स्वदेशी वस्तु उपयोग गर्ने सम्बन्धी यस निर्देशिकालाई मार्गदर्शनको रुपमा अवलम्बन गरी खरिद गर्ने।

९. सार्वजनिक निकायले स्वदेशी वस्तु खरिद गरेको विवरण ३/३ महिनामा निर्देशिकाको दफा १३ बमोजिमको केन्द्रीय कार्यान्वयन तथा अनुगमन समितिमा विद्युतीय माध्यमबाट इमेल पठाउनुपर्ने।

१०. आयोग/मन्त्रालय तथा मातहतका निकायहरूले आफू अन्तर्गतका कार्यालयको अनुगमन गर्दा यस निर्देशिका बमोजिम स्वदेशी वस्तु खरिद भए नभएको सूचकलाई प्राथमिकतामा राखी अनुगमन गर्ने।

११. प्रदेश र स्थानीय तहले निर्देशिका कार्यान्वयनको अनुगमन गर्दा आफ्नै संयन्त्र बनाई अनुगमन गर्ने।

१२. निर्देशिकाको प्रभावकारी कार्यान्वयन, सहजीकरण तथा अनुगमनको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने ।


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९१३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend