शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

योग्यतामा प्रश्न उठेपछि कृषि विकास बैंकका अध्यक्षले दिए राजीनामा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ५ २०७९
images
योग्यतामा प्रश्न उठेपछि कृषि विकास बैंकका अध्यक्षले दिए राजीनामा

दवाडीले भने आफूले बिहीबार राजीनामा बुझाएको प्रतिक्रिया दिए। 'मैले राजिनामा राजीनामा दिइसकेँ, विवरण उतै बुझ्नुहोला' उनले भने। 

images
images

काठमाडौं- तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको जोडबलमा कृषि विकास बैंकको अध्यक्ष बनेका रमेश दवाडीले राजीनामा दिएका छन्। 

images
images
images

अध्यक्ष हुनका लागि आवश्यक योग्यतामा प्रश्न उठेपछि दवाडीले राजीनामा दिएका हुन्। तत्कालीन अर्थमन्त्रीले योग्यता नपुगे पनि बलमिच्याइँ गरेर उनलाई अध्यक्षमा नियुक्त गरेका थिए। 

images
images

अर्थमन्त्रालयका कर्मचारीहरूले दवाडीको अध्यक्ष हुनका लागि आवश्यक योग्यता पुगेको छैन भन्ने राय दिँदा पनि शर्माले ठाडो जवाफ फर्काएका थिए। 'यहाँ प्रधानमन्त्री हुनेकै योग्यता पुग्दैन। म अर्थमन्त्री हुँ तर म पनि त्यो योग्यतामा पर्दिनँ। त्यसैले यस्ता कुरा हुँदैनन्' भन्दै जवाफ फर्काएका थिए। 

images
images

शर्माले जबरजस्ती नियुक्त गरेपनि उनी अर्थमन्त्रीबाट बाहिरिएपछि पछिल्लो समय अर्थमन्त्रालयका अधिकारीहरूले प्रश्न उठाएका थिए। शर्मा बाहिरिएपछि अर्थमा नयाँ प्रणाली बुझेका कर्मचारी भित्रिएपछि दवाडीको योग्यतामा प्रश्न उठाएका थिए। 

बैंक तथा वित्तीय सम्बन्धी ऐनअनुसार अध्यक्ष हुनका लागि तीन वर्षको कार्यअनुभव चाहिन्छ। तर दवाडीले नागरिक लगानी कोष र कृषि विकास बैंककै सञ्चालक समिति सदस्य भएर काम गर्दा जम्मा २ वर्षको अनुभव भएको थियो। 

'कानूनको ठाडो उलंघन गरेर अध्यक्ष नियुक्त गर्दा पनि राष्ट्र बैंक, अर्थ प्रशासन आँखा चिम्लेर बसेको रहेछ। तर पछि हामी आएपछि उनलाई राजीनामा दिन सुझाव दिएका थियौँ', अर्थका एक अधिकारीले भने। 

दवाडीले भने आफूले बिहीबार राजीनामा बुझाएको प्रतिक्रिया दिए। 'मैले राजिनामा राजीनामा दिइसकेँ, विवरण उतै बुझ्नुहोला' उनले भने। 


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९०८:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend