शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन ५ २०७९
images
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय सरकारले ऐनअनुसार १० असारभित्र सम्बन्धित गाउँ नगरसभामा बजेट पेस गर्नुपर्छ। त्यसो भए/नभएकालाई एक सूचक मानिएको छ।

images
images

काठमाडौं‌- कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट देखिएको छ। बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका पहिलो भएको हो।

images
images
images

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष  २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकाङ्कका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ। देशभरिका अन्य छ महानगरपालिका भन्दा भरतपुर उत्कृष्ट भएको हो। 

images
images

आयोगले दिएको जानकारीअनुसार भरतपुरले ७२ दशमलव २२ प्रतिशत अंक प्राप्त गरेको छ। विराटनगर महानगरपालिकाले ५९ दशमलव २४, ललितपुर महानगरपालिकाले  ५८ दशमलव ४३, काठमाडौँ महानगरपालिकाले ५६ दशमलव ५२, वीरगञ्ज महानगरपालिकाले ५३ दशमलव २३  र पोखरा महानगरपालिकाले ४८ दशमलव ६६ प्रतिशत अंक पाएका छन्।
 
जिल्लाका सात स्थानीय तहमध्येमा पनि भरतपुर पहिलो भएको छ। भरतपुरले ७२ दशमलव २२ प्रतिशत अंक पाउँदा राप्ती नगरपालिकाले ७० दशमलव ८८ प्रतिशत, कालिका नगरपालिकाले ५६ दशमलव ७५ प्रतिशत,  इच्छाकामना गाउँपालिकाले ५९ दशमलव ५१ प्रतिशत, रत्ननगर नगरपालिकाले ५७ दशमलव ६३ प्रतिशत, खैरहनी नगरपालिकाले ५५ दशमलव ८३ प्रतिशत र माडी नगरपालिकाले ६० दशमलव १५ प्रतिशत अंक पाएका छन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधै भरतपुर महानगरपालिका अन्य महानगरपालिका भन्दा अगाडि रहेको बताइन्।

images
images

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार स्थानीय सरकारले ऐनअनुसार १० असारभित्र सम्बन्धित गाउँ नगरसभामा बजेट पेस गर्नुपर्छ। त्यसो भए/नभएकालाई एक सूचक मानिएको छ। बजेट असार मसान्तभित्र पास गर्नुपर्छ। गरे/नगरेको विषय अर्को सूचक हो। स्थानीय तहले घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर, विज्ञापन करबाट उठेको रकम प्रदेश सरकारलाई हस्तान्तरण गरे/नगरेकालाई समेत सूचक मानिएको छ। आगामी आव  २०८०/८१ को आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए वा नपठाएकालाई समेत अर्को मूल्यांकनको आधार मानिएको छ। यी कार्यलाई आधार बनाएर महानगरपालिकाले कार्य सम्पादन गर्ने गरेको प्रमुख दाहाल बताउँछिन्।  

उनका अनुसार विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व सङ्कलनको लक्ष्य र प्रगतिलाई समेत आयोगले मूल्यांकनको आधार बनाउने गरेको छ। लेखा परीक्षण, आवधिक योजना, सामुदायिक विद्यालयमा रहेका विद्यार्थीको सङ्ख्या, गर्भ जाँच गर्ने महिलाको सङ्ख्या, स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या, बालबालिकाको सङ्ख्या, पूर्ण खोप लगाएका बालबालिकाको सङ्ख्या समेतलाई मूल्यांकनको आधार बनाएको उनले बताइन्। 

उनले भनिन् 'भौतिक निर्माणमा हामी देशमा नै अग्रणी छौँ। यससँगै अन्य कार्यसम्पादनमा पनि हामी उत्कृष्ट हुने गरेका छौँ।'

महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले महानगरका जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही सबैको संयुक्त प्रयासबाट कार्य सम्पादन उत्कृष्ट बनाउन सकिएको बताए। उनले भने, 'अन्य सूचकमा पनि महानगरपालिका उत्कृष्ट रहेको छ।'

भरतपुर महानगरपालिका प्रमुख दाहालको यो दोस्रो कार्यकाल हो भने उपप्रमुख अधिकारी यसअघि वडाध्यक्ष थिए। रासस


प्रकाशित : शुक्रबार, फागुन ५ २०७९०६:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend