शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

त्रिभुवन विमानस्थलमा उपभोक्तासँग अत्याधिक मूल्य असुल, दर्जन पसल कारबाहीमा

images
बिहीबार , फागुन ४ २०७९
images
त्रिभुवन विमानस्थलमा उपभोक्तासँग अत्याधिक मूल्य असुल, दर्जन पसल कारबाहीमा

'कुनैपनि वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो वस्तु तथा सेवाको अधिकतम खुद्रा बिक्री मूल्य, उत्पादन तथा उपभोग गर्ने अवधिजस्ता विषयलाई ख्याल गर्दै खरिद गरेको वस्तुको बिजक लिएर मात्र रकम भुक्तानी गर्न आग्रह'

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उभोक्तालाई खुद्रा मूल्यभन्दा अत्याधिक बढी मूल्यमा खाद्य पदार्थ बिक्री गरेको भेटिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट भएको बजार अनुगमन क्रममा बढी मूल्य असुल गरेको भेटिएको हो।

images
images
images

टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका पसलहरूको अनुगमन गरेको थियो। अनुगमनको क्रममा अन्तर्राष्ट्रिय टर्मिनलतर्फ रहेका एयरपोर्ट टि, कफि एण्ड कन्फेक्शनरी सर्प, काही मल्टिपल ट्रेड एण्ड सप्लायर्स, ए.वि.पि. मार्ट प्रा. लि. ओम नवदुर्गा इन्टरप्राईजेज प्रा.लि.र आन्तरिक टर्मिनलतर्फ न्यू कन्फैमानरी स्टोर, एयरपोर्ट टिकफि एण्ड कन्फेक्सनरी सप होटल स्वनिकफि एण्ड कन्फेक्सन पि.डि, इन्टरप्राईजेज प्रा.लि तथा होटलमा खुद्रा मूल्यभन्दा बढी रकम असुल गरी वस्तु बिक्री गरिरहेको पाइएको हो।

images
images
air pasal.jpg

फर्महरूलाई उनीहरूले गरेको कसुरको मात्रा र गाम्भीर्यता समेतका आधारमा बजार अनुगमन टोलिले १५ लाख रुपैयाँसम्म जरिवाना गरेको छ। साथै उक्त फर्महरूलाई उपभोक्ता हित संरक्षण प्रतिकुल हुनेगरी कुनै पनि काम कारबाही नगर्न नगराउन निर्देशन दिएको छ।

images
images

उपभोक्ताले कुनैपनि वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो वस्तु तथा सेवाको अधिकतम खुद्रा बिक्री मूल्य, उत्पादन तथा उपभोग गर्ने अवधिजस्ता विषयलाई ख्याल गर्दै खरिद गरेको वस्तुको बिजक लिएर मात्र रकम भुक्तानी गर्न समेत विभागले आग्रह गरेको छ।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९१३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend