आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेतीपछि एसआर-६ का लागि दियो आवेदन

बिहीबार , फागुन ४ २०७९
भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेतीपछि एसआर-६ का लागि दियो आवेदन

समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी-६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन दिनुपर्ने सम्झौता थियो। 

काठमाडौं- भारतीय कम्पनी एनएचपीसीले ४५० मेगावाट क्षमताको एसआर-६ आयोजना निर्माणका लागि लगानी बोर्डमा परियोजनाको सर्वेक्षण अनुमतिपत्रका लागि आवेदन दिएको छ। बिहीबार बोर्डमा कम्पनीले आवेदन दिएको हो। गत असोजमा लगानी बोर्ड र एनएचपीसीबीच सम्झौता भएको थियो। 

गत असोजमा पश्चिम सेती र एसआर-६ परियोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसीसँग सम्झौता भएको थियो। जसमा एसआर-६ आयोनालाई ६ महिना भित्र अध्ययन अनुमतीका लागि आवेदन दिने र ४५ दिनभित्र पश्चिम सेतीका लागि आवेदन दिने सम्झौता भएको थियो। ७५० मेगावाटका लागि पश्चिम सेतीका यसअघि नै आवेदन दिइसकेको छ। बुढीगंगा र पश्चिम सेतीको तल्लो भाग एसआर-६ भने ४५० मेगावाट क्षमताको रहेको छ। 

सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्नेगरी दुई परियोजना एकै कम्पनीलाई दिएको हो। ‘अहिले तोकिएको समय अनुसारनै रितपूर्वक आवेदन आएको छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल भट्टले भने। पश्चिम सेती र एसआर-६ दुवै परियोजनका लागि २ वर्षभित्र सम्पन्न गरेर निर्माणमा जानै पर्ने भएकोले समयमै भारतीय कम्पनीले काम गरिरहेको सिइओ भट्टले जानकारी दिए। 

समझदारीपत्रमा हस्ताक्षर भएको मितिले ४५ दिनभित्र र सेती नदी-६ जलविद्युत परियोजनाको लागि ६ महिनाभित्र आवेदन दिनुपर्ने सम्झौता थियो। 

सर्वेक्षण अनुमति पाएको दुई वर्षभित्र विस्तृत परियोजना अध्ययन गरी अध्ययन प्रतिवेदन लगानी बोर्डको कार्यालयमा पेस गर्नुपर्नेछ। जसमा परियोजनाको भौगर्भिक, प्राविधिक, सामाजिक, आर्थिक तथा वातावरणीय पक्ष, परियोजनाको अप्टिमाइजेसन, परियोजनालाई जलाशय वा अर्धजलाशय वा संयुक्त रुपमा वा छुट्टाछुट्टै निर्माण गर्ने, परियोजनाको अनुमानित लागत अनुमान, अध्ययन, निर्माण सुरु तथा निर्माण सम्पन्न हुने समय र कार्ययोजना, बजार सुनिश्चितता, प्रसारणलाइन सम्बन्धमा, वित्तीय स्रोतको उपलब्धता, परियोजना कार्यान्वयनको तरिका समेट्नुपर्ने छ।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend