शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

भान्सामा प्रयोग भइरहेको ग्यास सिलिन्डरको म्याद गुज्रिएको त छैन? यसरी थाहा पाउन सकिन्छ सिलिन्डरको म्याद

images
बिहीबार , फागुन ४ २०७९
images
भान्सामा प्रयोग भइरहेको ग्यास सिलिन्डरको म्याद गुज्रिएको त छैन? यसरी थाहा पाउन सकिन्छ सिलिन्डरको म्याद

उद्योगीसँगै उपभोक्ता समेत सचेत हुनुपर्ने हुन्छ। उपभोक्ताले सबैभन्दा बढी सचेत हुनपर्ने विषय ग्यास सिलिन्डरको म्याद सकिएको छ कि छैन भनेर थाहा पाउनु हो।

images
images

काठमाडौं- बुधबार राति १० बजेतिर बुद्धनगरमा नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारी तथा उनकी आमा हरिकला भण्डारी ग्यास आगलागीमा परेर घाइते भए। हरिकलाको उपचारको क्रममा निधन भइसकेको छ भने चन्द्रलाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ।

images
images
images

पछिल्लो समय देशभर ग्यास विष्फोट तथा आगलागी हुने क्रम बढेको छ। ग्यास सिलिन्डर आफै नपड्कने गुणस्तर तथा नापतौल विभागको दाबी छ। तर ग्यास लिकेच भएर आगोलागी भएपछि भने ग्यास सिलिन्डरसमेत विष्फोट हुने गरेको छ। 

images
images

सामान्यत: ग्यास सिलिन्डरमा प्रयोग गरिएको माथिल्लो भागको भल्बबाट बढी मात्रामा ग्यास लिक हुने गरेको घटना बढिरहेको छ। अर्को रेगुलेटर तथा पाइप राम्रोसँग जडान नहुँदा ग्यास लिक हुने र आगलागीको घटनाहरू भइरहेको छ।

images
images

यसका लागि उद्योगीसँगै उपभोक्ता समेत सचेत हुनुपर्ने हुन्छ। उपभोक्ताले सबैभन्दा बढी सचेत हुनपर्ने विषय ग्यास सिलिन्डरको म्याद सकिएको छ कि छैन भनेर थाहा पाउनु हो।

तर उपभोक्ताले सहजै सिलिन्डरको म्याद थाप पाउन सक्ने अवस्था भने छैन। म्याद हुन्छ तर सांकेतिक रुपमा राखिएको हुन्छ। एक पटक सांकेतिक भाषालाई बुझेपछि सहजै ग्यास सिलिन्डरको आयु कतिसम्म हो भनेर थाह पाउन सकिन्छ।

सिलिन्डरको माथिल्लो भागमा हुने संकेत अंकहरूलाई हेरेर सिलिन्डरको म्याद सकिएको हो वा होइन थाह पाउन सकिन्छ। 

gas.jpg

जस्तै माथिको तस्बिरमा सिलिन्डरको समात्ने भागनेर अंग्रेजी अक्षरमा 'डी ३०' लेखिएको छ। त्यसको अर्थ त्यसको आयु सन् २०३० को डिसेम्बरसम्म मात्र हुन्छ। 

त्यस्तैगरी सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा 'ए','बी', 'सी', 'डी'सँगै २०, २१, २२, २३, २४, २५ लगायतका अंकहरू लेखिएका हुन्छन्। 'ए', 'बी', 'सी', 'डी'ले महिनालाई संकेत गरेको हुन्छ भने अंकले वर्षलाई संकेत गरेको हुन्छ।

उदाहरणका लागि  'ए-२३' लेखिएको छ भने त्यो सिलिण्डरको आयु २३ को मार्च महिनासम्म मात्रै हो। यसको अर्थ 'ए'ले अंग्रेजी महिनाको जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ। 'बी'ले अप्रिल, मे र जुनलाई जनाउँछ। यसैगरी 'सी'ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई साथै 'डी'ले अक्टोबर, नोभेम्बर र डिसेम्बरलाई जनाउँछ। जस्तै तपाईंको भान्छामा रहेको सिलिन्डरमा 'सी-२३' राखिएको छ भने त्यो सिलिन्डरको आयु २०२३ सेप्टेम्बर सम्म मात्रै हो।

तर यसका लागि पनि उद्योगले सिलिन्डरको भल्ब मर्मत गरेर प्रयोग गर्न पाउँदैन। नयाँ भल्ब नै परिवर्तन गर्नु पर्छ। अन्तर्राष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ। तर पहिलो पटकमा नै २० वर्षको मिति राख्न पाइँदैन। पहिलो पटक १० वर्षको मात्रै मिति राख्नु पर्छ। त्यसमा पनि हरेक पाँच-पाँच वर्षमा ५/५ वर्षमा हाइड्रोलिक टेष्ट गरेको हुनु पर्छ।


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend