शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सांसद चन्द्र भण्डारी र उनकी आमालाई उपचारका लागि श्री एयरलाइन्सको जहाज चार्टर गरेर मुम्बई लगिने

images
बिहीबार , फागुन ४ २०७९
images
सांसद चन्द्र भण्डारी र उनकी आमालाई उपचारका लागि श्री एयरलाइन्सको जहाज चार्टर गरेर मुम्बई लगिने

जहाज चार्टर गर्नका लागि अहिले डकुमेन्टको काम भइरहेको छ। 

images
images

काठमाडौं-  सोमबार राती आफ्नै घरमा खाना पकाउने ग्यास पड्किएर घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमलाई थप उपचारका लागि जहाज चार्टर गरेर भारतको मुम्बइ लैजाने तयारी भइरहेको छ। 

images
images
images

कीर्तिपुरको बर्न अस्पतालले भण्डारी र उनकी आमाको थप उपचारका लागि विदेश लिन सिफारिस गरेको थियो। सुविधाजनक स्वास्थ्य संस्थानमा लिनका लागि डाक्टरहरूले सिफारिस गरेपछि  उनलाई जहाज चार्टर गरेर लैजाने तयारी भइरहेको छ। 

images
images

मुम्बइको नेसनल बर्न्स सेन्टरमा उपचारका लागि लैजान एयर एम्बुलेन्स आउन ढिला हुने भएकाले श्री एयरलाइन्सको जहाज चार्टर गरेर लिने तयारी भइरहेको छ। 

images
images

जहाज चार्टर गर्नका लागि अहिले डकुमेन्टको काम भइरहेको छ। 

कीर्तिपुरस्थित बर्न अस्पतालमा उनी र उनका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिए। हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका थिए। 

अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार सांसदसमेत रहेका रहेका नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ। 

यस्तै डा भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्याधिक सम्भावना रहेको डा नकर्मीले जानकारी दिए। उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण  (सिफारिस) गरिएको छ। 

 


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend