आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सांसद चन्द्र भण्डारी र उनकी आमालाई देश बाहिर उपचार गर्न अस्पतालको सिफारिस

images
बिहीबार , फागुन ४ २०७९
images
सांसद चन्द्र भण्डारी र उनकी आमालाई देश बाहिर उपचार गर्न अस्पतालको सिफारिस

हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका थिए। 

images
images

काठमाडौं-नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ। 

images
images
images

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उनी र उनका आमा हरिकला भण्डारीको आइसियुमा उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिए। हिजो राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर उनीहरु घाइते भएका थिए। 

images
images

अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार सांसदसहित रहनुभएका नेता डा भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत र आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ। 

images
images

यस्तै डा भण्डारी र आमा हरिकलाको दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्याधिक सम्भावना रहेको डा नकर्मीले जानकारी दिए। उनका अनुसार नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण  (सिफारिस) गरिएको छ। 

chandra.jpg


प्रकाशित : बिहीबार , फागुन ४ २०७९०३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend