आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसो सवारी बन्द गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ३ २०७९
images
नारायणगढ-मुग्लिन सडकमा थप १५ दिन दिउँसो सवारी बन्द गरिने

बुधबार बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको छ।

images
images

चितवन- नारायणगढ-मुग्लिन सडकखण्ड थप १५ दिन दिउँसोको समयमा यातायात बन्द गरिने भएको छ। पुल निर्माणका क्रममा भित्तो काट्न कठिन भएपछि थप १५ दिन यातायात बन्द गर्न लागिएको हो।
 
गत पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो। पछि माघ ६ गतेदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३०  बन्द गरिएको थियो। थप गरिएको समय फागुन ६ गते सकिँदैछ।  

images
images
images

जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार बसेको सरोकारवालाको बैठकले थप १५ दिनका लागि सडक बन्द गरेर काम गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।
 
उनका अनुसार भित्तो काट्ने काम कठिन भएपछि मङ्गलबार जिल्ला प्रशासन कार्यालय चितवनले विस्फोटक पदार्थको अनुमतिका लागि मन्त्रालयमा सिफारिससमेत गरेको छ। अनुमति आएसँगै विस्फोट गराएर ढिस्को फोर्ने काम हुने उनले बताए।
 
तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानको डाँडो रहेको छ। सो डाँडोलाई काट्न कठिन भएको हो। अन्य पुलको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिए।
 
नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ-मुग्लिन) का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार भित्तो काट्न कठिन हुने भएपछि विस्फोट गर्नका लागि फाइल विभाग हुँदै मन्त्रालय पठाइएको छ। उक्त फाइल रक्षा, गृह हुँदै अघि बढेको छ। विस्फोटको स्वीकृत भएसँगै भित्तोमा विस्फोट गर्ने योजना रहेको उनले बताए।
 
सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वट पुल नयाँ थप गरिएको हो। पहिलेको पुलको छेउ भिर भएको ठाउँमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो। रासस

images
images


प्रकाशित : बुधबार, फागुन ३ २०७९१३:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend