आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

आर्टिकल फोर परामर्शका लागि आईएमएफको प्रतिनिधिमण्डल नेपालमा 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ३ २०७९
images
आर्टिकल फोर परामर्शका लागि आईएमएफको प्रतिनिधिमण्डल नेपालमा 

यसअघि कोषले सन् २०२० को जनवरिमा मात्र नेपालको यस्तो प्रतिवेदन तयार पारेको थियो। 

images
images

काठमाडौं-  नियमित कार्यक्रम आर्टिकल फोर स्टाफ रिपोर्टका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिनिधिमण्डल नेपाल आएको छ। कोषको प्रतिनिधिमण्डलले आजैदेखि काम सुरु गरेको छ। 

images
images
images

सदस्य राष्ट्रको आर्थिक तथा वित्तीय अवस्थाका बारेमा स्थगलत रुपमै गरिने यस्तो अध्ययनका लागि कोषको प्रतिनिधिमण्डले आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेको छ। 

images
images

दुई हप्तासम्म नेपालका विभिन्न संस्थासँगको छलफल, तथ्यांक संकलन गरि प्रतिवेदन तयार पार्नका लागि प्रनिधिमण्डल नेपाल आएको हो। यसअघि कोषले सन् २०२० को जनवरिमा मात्र नेपालको यस्तो प्रतिवेदन तयार पारेको थियो। 

images
images

वित्त तथा मौद्रिक नीति, पछिल्ला नीतिका परिणाम र सुधार गर्नुपर्ने विषयका बारेमा प्रतिनिधिमण्डलले सुझावसहितको प्रतिवेदन कोषमा बुझाउनेछ। कोषको बोर्डले स्वीकृत गरेपछि यस्तो प्रतिवेदन प्रकाशित हुन्छ। 

स्टाफ रिपोर्टले औँल्याएका सुधार तथा सहायताका बारेमा कोषले आगामी रणनीतिहरू पनि बनाउनेगर्छ। आगामी २ हप्तासम्म कोषको प्रतिनिधिमण्डलले सरोकारवाला निकायसँग छलफल तथा उपलब्ध तथ्यांक संकलन गरि विश्लेषण गर्ने छ। 

 

 


प्रकाशित : बुधबार, फागुन ३ २०७९१३:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend