आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

अन्नमा आधारित पूरक बाल आहारमा वनस्पति घ्यू प्रयोग गर्न नपाइने, अन्य खाद्यान्नको मिश्रण कति हुनुपर्ने?

images
बुधबार, फागुन ३ २०७९
images
अन्नमा आधारित पूरक बाल आहारमा वनस्पति घ्यू प्रयोग गर्न नपाइने, अन्य खाद्यान्नको मिश्रण कति हुनुपर्ने?

कृषि तथा पशुपन्छी मन्त्रालयले खाद्य ऐन २०२३ को दफा ७ ले दिएको अधिकार प्रयोग गर्दै खाद्य गुणस्तर निर्धारण सम्बन्धमा यसअघि जारी गरेको आदेशमा परिमार्जन गरेको हो।

images
images

काठमाडौं- सरकारले अन्नमा आधारित पूरक बाल आहारमा वनस्पति घ्यू प्रयोग गर्न नपाइने गरी मापदण्ड जारी गरेको छ। सरकारले ६ देखि ३६ महिनासम्मको बालबालिकाले प्रयोग गर्ने अन्नबाट बनेको बाल पूरक आहारमा के कस्ता वस्तुको मिश्रण कति राख्ने सम्बन्धमा मापदण्ड जारी गर्दै राजपत्रमा सूचना जारी गरेको छ।

images
images
images

कृषि तथा पशुपन्छी मन्त्रालयले खाद्य ऐन २०२३ को दफा ७ ले दिएको अधिकार प्रयोग गर्दै खाद्य गुणस्तर निर्धारण सम्बन्धमा यसअघि जारी गरेको आदेशमा परिमार्जन गरेको हो।

images
images

खाद्यान्न, दलहन तथा सोबाट बनेका पदार्थको मिश्रणलाई संशोधन गर्दै नयाँ मापदण्ड जारी गरेको हो।मापदण्डमा अन्नमा आधारित पूरक बाल आहारमा वनस्पति घ्यू प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो।

images
images

अन्नमा आधारित पूरक बाल आहार भन्नाले एक वा एक भन्दा बढी प्रकारका अन्नलाई राम्रोसँग सफा गरी दलेर बोका तथा जर्म निकाली,टुसा उमारेर वा माल्टिङ्ग वा किन्वन गरी वा नगरी, भुटेर वा एक्स्ट्रुजन वा अन्य कुनै उपयुक्त विधिबाट तयार गरी पिंधेर धुलो बनाइएको खाद्य पदार्थलाई सम्झनु पर्ने राजपत्रमा उल्लेख छ।

भटमास, बदाम, गेडागुडी, तील, सूर्यमुखीको दाना, आलस जस्ता उपभोग योग्य दलहन तथा तेलहन, सुख्खा फलफूल तथा तरकारी लगायतका खाद्य पदार्थ र घृतांश रहित धुलो दूध उपयुक्त विधिद्वारा प्रशोधन गरी मिसाउन सकिने राजपत्रमा उल्लेख छ।

यसरी तयार गरिएको अन्नमा आधारित पूरक बाल आहारमा अन्नको - मात्रा कम्तीमा २५ प्रतिशत (सुख्खा तौलको आधारमा) हुनु पर्ने समेत राजपत्रमा उल्लेख छ। साथै स्वीकृत खाद्य योगशील तथा बास्ना समेत प्रयोग गर्न सकिने मापदण्डमा उल्लेख छ।

मापदण्डमा तोकिएका आवश्यक गुणस्तर परिधिहरू

अन्नमा आधारित पूरक बाल आहार ढिक्का / डल्लो नपरेको हुनु पर्नेछ। यो आहार ढुसी, किरा, अस्वाभाविक गन्ध एवं स्वाद रहित हुनु पर्नेछ। यसमा कुनै पनि कृत्रिम रङ्ग हानिकारक पदार्थ मिसिएको हुनु हुँदैन। अन्नमा आधारित पूरक बाल आहारमा देहाय बमोजिमको गुणस्तर कायम भएको हुनु पर्नेछ।

child 4.JPG
child 5.JPG

यसैगरी अन्नमा आधारित पूरक बाल आहारमा शक्ति कम्तिमा ४ किलो क्यालोरी प्रतिग्राम सुख्खा तौलको आधारमा हुनुपर्ने मापदण्डमा जारी गरेको छ। साथै सोडिएमको मात्रा १ सय ग्राममा ३ सय मिलिग्राम भन्दा बढी गर्ने नपाइने मापदण्डमा उल्लेख छ।


प्रकाशित : बुधबार, फागुन ३ २०७९०४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend