सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

रुख काट्न अनुमति नदिँदा सडक निर्माण अधुरै

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ३ २०७९
रुख काट्न अनुमति नदिँदा सडक निर्माण अधुरै

विसं २०७८ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढेपनि हालसम्म सडक अधुरै छ। पथरीबाट ज्यामिरेसम्म १९ दशमलव ६ किलोमिटर सडकमध्ये तीन किलोमिटर कालोपत्र गरिएको छ। 

लेटाङ- पथरी-जाँते-ज्यामिरे सडकमा पर्ने जङ्गल क्षेत्रका रुख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ। विसं २०७६ मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक दुई वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो। 

प्रदेश नं १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ५४ करोड ४८ लाख रुपैयाँको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडौंले जिम्मा लिएको हो।

विसं २०७८ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढेपनि हालसम्म सडक अधुरै छ। पथरीबाट ज्यामिरेसम्म १९ दशमलव ६ किलोमिटर सडकमध्ये तीन किलोमिटर कालोपत्र गरिएको छ। 

सडक निर्माण गर्न रुख कटानको अनुमति नपाउँदा काममा बाधा पुगेको सब डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत राजेश घिमिरेले बताए। समयमै सडक नबन्दा उपभोक्ताले सास्ती पाएका छन्।

जाँते र ज्यामिरे क्षेत्रका बासिन्दाका लागि नजिकको बजार पथरी हो। सडक नबन्दा यहाँको कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन। उत्तरी मोरङलाई भारतको सिक्टी नाकासँग जोड्ने छोटो दूरीको सडक पनि यही नै हो। रासस


प्रकाशित : बुधबार, फागुन ३ २०७९०४:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend