आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ३ २०७९
images
बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध

चालु आवमा नदी नियन्त्रणका लागि सङ्घीय सरकारले २ करोड ५० लाख र गण्डकी प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको छ।

images
images

गलकोट- अत्यधिक दोहनका कारण कालीगण्डकी नदी किनारका बस्ती जोखिममा छन्। बस्ती जोगाउन कालीगण्डकीमा तटबन्ध गर्न थालिएको छ। नदीले बाहव परिवर्तन गर्दा पछिल्लो समय कटान तीव्ररुपमा हुादै आएको छ। 

images
images
images

कालीगण्डकीले मालढुङ्गास्थित पक्की पुल भएको क्षेत्रमा बढी कटान गरेको छ। उक्त क्षेत्रमा हाल तटबन्ध निर्माण गरिँदै छ। अवैधरुपमा दोहनका कारण कालीगण्डकीको बाहव परिवर्तन भएर बस्तीमा पस्न थालेपछि यसै वर्षदेखि मालढुङ्गामा तटबन्ध कार्य थालिएको हो। कालीगण्डकीले बागलुङतर्फ बढी हकटान गरिरहेको छ। मालढुङ्गा बस्ती जोगाउन जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले तारजालीसमेत हाल्न थालेको छ। 

images
images

चालु आर्थिक वर्षमा मालढुङ्गाको तटीय बस्ती, मालढुङ्गा प्रहरी चौकी, मन्दिरलगायत संरचना जोगाउन ९० लाख रूपैयाँ विनियोजन गरिएको छ। ६५ लाख रुपैयाँ खर्च गरी पक्की पर्खाल बनाइएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका निमित्त डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए।

images
images

'जिल्लामा सङ्घीय आयोजनामार्फत १४ र गण्डकी प्रदेश सरकारअन्तर्गतका २० योजना सञ्चालित छन्', उनले भने। कालीगण्डकी नदी, काठेखोला, निसीखोला, बडिगाड खोला, दरमखोला र गौदीखोलालगायतका नदीको कटान रोकी नदीलाई आफ्नै धारमा बगाउन तटबन्ध गरिँदै आएको छ। 

यस्तै बागलुङको प्रवेशद्वार कालीगण्डकी नदीमाथि निर्माण भएको पुलसमेत कटानले जोखिममा परेपछि सडक डिभिजन कार्यालयले सो क्षेत्रमा पर्खाल निर्माण गरेको छ।

चालु आवमा सङ्घीय र प्रदेशका ४३ नदी नियन्त्रणका योजनामध्ये २० भन्दा बढीको काम सम्पन्न भइसकेको कार्यालयले जनाएको छ। चालु आवमा नदी नियन्त्रणका लागि सङ्घीय सरकारले २ करोड ५० लाख र गण्डकी प्रदेश सरकारले २ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको छ। रासस


प्रकाशित : बुधबार, फागुन ३ २०७९०३:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend