आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

वीरगञ्ज महानगरले पनि अतिक्रमित संरचना हटाउने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ३ २०७९
images
वीरगञ्ज महानगरले पनि अतिक्रमित संरचना हटाउने 

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताएका छन्। 

images
images

पर्सा- वीरगञ्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ। अतिक्रमित संरचना हटाउन महानगरपालिकाले सातदिने सूचना जारी गरेको छ।

images
images
images

तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ। यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख  छ।

images
images

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरेको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताएका छन्। 

images
images

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अतिक्रमित संरचना हटाउने कार्यलाई निरन्तरता दिइरहँदा देशभरका स्थानीय तहहरूले पनि क्रमश: अतिक्रमित संरचनामाथि डोजर चलाइरहेका छन्। कतिपय स्‍थानमा स्थानीयहरूले विरोध गरिरहे पनि अतिक्रमित संरचना हटाएर खुला सहर विकासको काम निरन्तर भइरहेका छन्। 


प्रकाशित : बुधबार, फागुन ३ २०७९०३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend