आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सिंहदरबारबाट जार र बोतलको पानी विस्थापित हुँदै

images
बुधबार, फागुन ३ २०७९
images
सिंहदरबारबाट जार र बोतलको पानी विस्थापित हुँदै

तयारी सबै सम्पन्न भएर प्रधान्त्री कार्यालयसँगको सहकार्यमा काम भइरहेको खानले जानकारी दिए। 

images
images

काठमाडौं- प्रखुम प्रशासनिक केन्द्र सिंहदरबारबाट जार तथा बोतलको पानी विस्थापित हुने भएको  छ। मेलम्ची खानेपानी आयोजनाले खानेपानीको वितरण लाइन निर्माण सम्पन्न गरेसँगै बोतल तथा जारीको पानी विस्थापित हुने भएको छ। 

images
images
images

गत साता नै सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरू भइसकेको छ। पानी वितरणदेखि गुणस्तरसम्म सबै परीक्षण सम्पन्न भएपछि जार तथा बोतलको पानी विस्थापन भइरहेको खानेपानी तथा सरसाफइ मन्त्री अब्दुल खानले जानकारी दिए। 

images
images

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बानेश्वर वितरण केन्द्रले अनामनगर पानी भण्डारण केन्द्रबाट २०० एमएमको थोक वितरण पाइप सिंहदरबारमा पठाएको छ। यही पाइपबाट ४६ लिटर प्रतिसेकेन्ड पानी सिंहदरबारमा वितरण हुन्छ। 

images
images

खानेपानी वितरण तथा गुणस्तर सबै परीक्षण भइसकेको र अब प्रधानमन्त्रीले पानी पिएर उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मिनरल तथा जारको पानी विस्थापनको काम सुरु हुने छ। 

तयारी सबै सम्पन्न भएर प्रधान्त्री कार्यालयसँगको सहकार्यमा काम भइरहेको खानले जानकारी दिए। 

मेलम्चीको पानी वितरण नहुँदासम्म सिंहदरबारभित्रका सबै ठाउँमा जार, ट्यांकर तथा बोतलको पानी खपत हुँदै आएको थियो। अबदेखि  सिंहदरबारमा बाहिरबाट पानी नआउने उनको भनाइ छ। 

'अहिले नै सुरु भइसक्यो अब सरकारले व्यवसायीबाट पानी किनेर सिंहदरबारमा खपत गर्दैन। सबै निकाय यसका लागि तयार भइसकेका छन्। हाम्रो लक्ष्य सबै जनतालाई पानी उपभोगका लागि यस्तै वातावरण बनाउने हो' मन्त्री खानलले भने। 

मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको पूर्वाधार काठमाडौं उपत्यकामा अहिले पनि भइरहेको छ। पूर्वाधार निर्माण भएर परीक्षण सम्पन्न भएका ठाउँमा अहिले पानी वितरण भइरहेको छ। 


प्रकाशित : बुधबार, फागुन ३ २०७९०२:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend