शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

माघ महिनामा घरजग्गा कारोबारमा उत्साह, चार महिनापछि देखियो रौनक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २ २०७९
images
माघ महिनामा घरजग्गा कारोबारमा उत्साह, चार महिनापछि देखियो रौनक

माघ महिनाको घरजग्गाको कारोबार पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच हो। गत वर्षदेखि लगातार ओरालो लागेको घरजग्गा कारोबार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पनि सुधार हुन सकेको थिएन।

images
images

काठमाडौं- माघ महिनामा घरजग्गा कारोबार ४१ हजार ८६ कित्ता किनबेच भएको छ। मंसिरमा भन्दा पुस महिनामा पनि बढेर ३८ हजार ८७१ पुगेको विभागले जनाएको छ। 

images
images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा देशभर २९ हजार १८४ घरजग्गा कारोबार भएको छ। अघिल्लो महिना कात्तिकमा २७ हजार ९३९ घरजग्गा किनबेच भएको थियो।   

images
images

माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागको तथ्यांक छ। पुसमा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। मंसिरमा सरकारले घरजग्गा खरिद बिक्रीबाट २ अर्ब ६५ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो।

images
images

माघ महिनाको घरजग्गाको कारोबार पछिल्लो ४ महिनायताकै सर्वाधिक किनबेच हो। गत वर्षदेखि लगातार ओरालो लागेको घरजग्गा कारोबार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पनि सुधार हुन सकेको थिएन। ठूला लगानीकर्तालाई बैंकको दबाब भएपछि साना लगानीकर्ताहरू समेत मारमा परेका थिए। 

सयौँ विगाह जमिनहरू प्लटिङ भएर बिक्री हुन सकेको छैनन। पछिल्लो समय बैंकहरूले धमाधम घरजग्गा लिलामीमा समेत राखेका छन्। व्यवसायीका अनुसार पछिल्लो ९ महिनायता लगातार घरजग्गामा आएको मन्दीले जग्गाको भाउ घटाउँदासमेत बिक्री हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत् घरजग्गामा जाने कर्जालाई अनुत्पादकको श्रेणीमा राखेको छ। मौद्रिक नीतिमा काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत मात्रै कर्जा दिन पाउने व्यवस्था गरेको छ। सोही व्यवस्थाका कारण पनि घरजग्गामा जाने कर्जामा कमी आएको छ। 


प्रकाशित : मंगलबार, फागुन २ २०७९०९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend