शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

मासिक ९० अर्बमाथि रेमिट्यान्स 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २ २०७९
images
मासिक ९० अर्बमाथि रेमिट्यान्स 

भदौ र असोजमा ९४/९४ अर्ब भित्रिएको रेमिट्यान्स कात्तिकमा ९७ अर्ब र मंसिरमा १ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको छ महिनामा रेमिट्यान्स आप्रवाहमा सुधार भएको छ। पछिल्लो समय कामका लागि विदेश जाने नेपालीहरूको संख्यामा वृद्धि भएको तथा अमेरिकी डलर बलियो हुँदा नेपाल आउने रेमिट्यान्समा उच्च वृद्धि देखिएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म मासिक ९० अर्ब माथि रेमिट्यान्स भित्रिएको छ। 

images
images

साउनमा ९२ अर्ब रेमिट्यान्स भित्रिएकोमा पुसमा १ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। पछिल्ला छ महिनामा निरन्तर रेमिट्यान्स बढेको छ। 

images
images

भदौ र असोजमा ९४/९४ अर्ब भित्रिएको रेमिट्यान्स कात्तिकमा ९७ अर्ब र मंसिरमा १ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो। 

गत वर्षको तुलनामा २४ प्रतिशतले रेमिट्यान्स बढेको छ। छ महिनामा कूल ५ खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रिएको छ। गत वर्षको छ महिनामा रेमिट्यान्स ५ प्रतिशतले घटेको थियो। डलरको भाउ बढेका कारणले मात्र नभइ विदेशी मुद्रामै पनि वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको छ। 

 


प्रकाशित : मंगलबार, फागुन २ २०७९०७:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend