शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

यातायात मजदूरको आन्दोलन स्थगित, सार्वजनिक सवारी सञ्चालन हुने

images
मंगलबार, फागुन २ २०७९
images
यातायात मजदूरको आन्दोलन स्थगित, सार्वजनिक सवारी सञ्चालन हुने

यातायात मजदूरले अनिश्चितकालका लागि भन्दै थालेको सार्वजनिक यातायात बन्द गर्ने सबै निर्णय स्थगित गरेका छन्।

images
images

काठमाडौं- यातायात मजदूरले अनिश्चितकालका लागि भन्दै थालेको सार्वजनिक यातायात बन्द गर्ने सबै निर्णय स्थगित गरेका छन्।

images
images
images

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार, यातायात व्यवसायी तथा मजदूरबीच भएको वार्तामा सहमति भएको हो।

images
images

वार्तामा सहभागी काठमाडौं महानगरपालिका प्रतिनिधिले सार्वजनिक यातायात सुधारका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको उच्चस्तरीय कार्यदलले छिटोभन्दो छिटो रिपोर्ट बुझाउने र सोहीअनुसार काम गर्ने सहमित भएको छ।

images
images

यातायात मजदूरहरूले विभिन्न १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए। मंगलबार वार्तामा रहेका एक सहभागीका अनुसार यातायात मजदूरलाई कुटपिट गर्नेहरूमाथि कारबाही गर्ने, बाँकी मुद्दाहरूबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको हो। 

साथै आइतबारको आन्दोलनमा भएको लुटपाटमा सहभागी जो सुकैलाई कारबाही गर्ने विषयमासमेत सहमति भएको छ।

व्यवसायी तथा मजदूरले ल्होत्से सहकारीको विषयमा प्रश्न गरेपछि त्यसको विषयमा महानगरले अध्ययन गरेर रिपोर्ट बुझाउने सहमति समेत भएको छ।


प्रकाशित : मंगलबार, फागुन २ २०७९०५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend