बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

हुन्डाईले ल्यायो विद्युतीय कारमा अफर 

सोमबार, फागुन १ २०७९
हुन्डाईले ल्यायो विद्युतीय कारमा अफर 

अहिलेको आवश्यकता अनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ

काठमाडौं- नेपालको लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक फाइभको खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।

‘वान मोर रिजन टू गो इलेक्ट्रिक’ नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुन्डाईको विद्युतीय गाडी कोना तथा आयोपनक फाइभको खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वासिङ मेसिन उपहार प्राप्त गर्न सक्नेछन्। समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरुको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टलले सधैं आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको छ। 

अहिलेको आवश्यकता अनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

हुन्डाई कोना तथा आयोनिक फाइभ नेपालको विद्युतीय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएका छन्। आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुन्डाईको विश्वसनीयताले कोना तथा आयोनिक फाइभ विद्युतीय गाडीको पर्यायवाची बनिसकेको छ।

विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले आक्रामक रूपमा चार्जिङ स्टेसनहरुको निर्माण गरिरहेको छ। विद्युतीय गाडीको बिक्रीामा हुन्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथली स्थित नेपालको एक मात्र विद्युतीय गाडीको एक्सक्लुसिभ शोरूम सञ्चालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ।   


प्रकाशित : सोमबार, फागुन १ २०७९०९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend