शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

३१ करोड थान २० रुपैयाँको नयाँ नोट छाप्‍ने जिम्मा ४६ लाख डलरमा चिनियाँ कम्पनीले पायो 

images
सोमबार, फागुन १ २०७९
images
३१ करोड थान २० रुपैयाँको नयाँ नोट छाप्‍ने जिम्मा ४६ लाख डलरमा चिनियाँ कम्पनीले पायो 

चिनिया कम्पनीसँगै भारत र फ्रान्सको कम्पनी प्रतिस्पर्धामा थिए। 

images
images

काठमाडौं- २० रुपैयाँ दरका नयाँ नोट छपाइको जिम्मा चिनियाँ कम्पनीले पाएको छ। नेपाल राष्ट्र बैंकले आव्हान गरेको टेन्डरमा सहभागी भएको चिनिया कम्पनी एमएस चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनले पाएको हो। 

images
images
images

यो कम्पनीले ३१ करोड थान २० रुपैयाँका नोट छपाइका लागि ४६ लाख ९८ हजार ६८५ अमेरिकी डलर कबोल गरेको थियो। 

images
images

राष्ट्र बैंकले पछिल्लो समय नयाँ नोट छपाइका लागि आव्हान गरेका प्राय टेन्डरमा चिनिया कम्पनीले जितिरहेका छन्। २० रुपैयाँका नोट छपाइका लागि भएको टेन्डलरमा तीनवटा कम्पनी प्राविधिक रुपमा सफल भएका थिए। 

images
images

चिनिया कम्पनीसँगै भारत र फ्रान्सको कम्पनी प्रतिस्पर्धामा थिए। 

चिनियाँ कम्पनीको यो प्रस्ताव अनुसार ठेक्का सम्झौता भएमा एउटा २० रुपैयाँको नोट छपाइको लागत २ रुपैयाँ पर्ने देखिएको छ। 

 


प्रकाशित : सोमबार, फागुन १ २०७९०७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend