शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सात महिनामा १६ प्रतिशले ऋणात्मक भयो राजस्व

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १ २०७९
images
सात महिनामा १६ प्रतिशले ऋणात्मक भयो राजस्व

यो गत वर्षको तुलनामा १६ प्रतिशतले न्यून हो। 

images
images

काठमाडौं- चालु आर्थिक वर्षको सुरुदेखि नै लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको सरकारले गत वर्षको तुलनामा न्यून राजस्व संकलन गरिरहेको छ। 

images
images
images

साउनदेखि माघसम्म राजस्व १६ प्रतिशतले ऋणात्मक भएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सात महिनामा यो वर्ष सरकारले ५ खर्ब १४ अर्ब राजस्व संकलन गरेको छ। यो गत वर्षको तुलनामा १६ प्रतिशतले न्यून हो। 

images
images

गत  वर्षको यही अवधिमा सरकारले ६ खर्ब १३ अर्ब राजस्व संकलन गरेको थियो। पुससम्म राजस्व १५ प्रतिशतले ऋणात्मक थियो। राजस्व आम्दानी ऋणात्मक भएको तथा अन्य आम्दानी पनि गिरावट आएर संघीय सरकारको ढुकुटी १ खर्ब बढीले ऋणात्मक भएको छ। 

images
images

सरकारी ढुकुकटी ऋणात्मक भएको तथा आगामी दिनमा पनि यसमा सुधार हुने सम्भावना नभएको भन्दै सरकारले आइतबार मात्र यो वर्षको बजेटको आकार २ खर्बले घटाएको थियो। 


प्रकाशित : सोमबार, फागुन १ २०७९०४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend