शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

बिग्रन लागेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउँदै छौँ : प्रधानमन्त्री दाहाल

images
आइतबार, माघ २९ २०७९
images
बिग्रन लागेको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउँदै छौँ : प्रधानमन्त्री दाहाल

‘सरकारले विभिन्न निकायमार्फत अर्थतन्त्रका चुनौतीहरुको सामना गर्न र अर्थतन्त्रलाई थप अप्ठेरो दिशातर्फ जानबाट रोक्ने प्रयास जारी राखेको छ'

images
images

काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिग्रन लागेको अर्थतन्त्रलाई सुधारको बाटोमा हिँडाउन थालिएको बताएका छन्।

images
images
images

प्रधानन्त्री दाहालले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को ‘नेपाली अर्थतन्त्रको अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै आन्तरिक कारण साथै वाह्य कारणले गर्दा मुलुकको अर्थतन्त्र विगत केही समयदेखि अप्ठेरो स्थितिबाट गुज्रिरहेको समेत बताए।

images
images

‘सरकारले विभिन्न निकायमार्फत अर्थतन्त्रका चुनौतीहरुको सामना गर्न र अर्थतन्त्रलाई थप अप्ठेरो दिशातर्फ जानबाट रोक्ने प्रयास जारी राखेको छ,’ प्रधानमन्त्री दाहालले भने। 

images
images

उनले मुलुकले विगतमा अपनाएको राजनीतिक व्यवस्था र त्यसअन्तर्गतको शासकीय प्रणाली र कुशासनले अविकास र पछौटेपनको अवस्थामा रहन बाध्य पारेको समेत बताए। 

राजनीतिक प्रणाली अवलम्बन नगरी अर्थतन्त्रको सुदृढिकरण र जनताले चाहेको विकास तथा समृद्धि हासिल हुन सक्दैन भन्ने प्रष्ट रहेको समेत प्रधानमन्त्री दाहालले बताए। ‘अब भने एकाग्र भएर हामी विकास र समृद्धिको कार्यभारतर्फ लाग्न सक्छौँ,’ प्रधानमन्त्री दाहालले भने। 

सरकारले अहिले तत्कालको आर्थिक समस्या समाधान गर्ने र आगामी दिनमा उच्च आर्थिक वृद्धिको आधार तयार गर्ने क्रममा  प्रमुख ध्यान उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित रहेको समेत प्रधानमन्त्री दाहालले बताए। 


प्रकाशित : आइतबार, माघ २९ २०७९१३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend