शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सुनजस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलमा दुई भारतीय पक्राउ 

images
आइतबार, माघ २९ २०७९
images
सुनजस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलमा दुई भारतीय पक्राउ 

भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी पक्राउ परेको प्रहरीले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकैबाट सुनजस्तो देखिने धातु ५ सय ग्रामसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। 

images
images
images

पक्राउ पर्नेहरुमा भारतीय नागरिक ३१ वर्षीय गिरिश चन्देरलाल थडानी र ३४ वर्षीय मुकेश कुंदन आठवाणी रहेको प्रहरीले जनाएको छ।

images
images

इन्डिगो एयरलाइन्सको उडानद्वारा मुम्बईबाट काठमाडौं आएका थडानीको साथबाट २ सय ५० ग्राम र आठवाणीको साथबाट २ सय ५० ग्राम सुनजस्तो देखिने धातु अवैध रुपमा लुकाइ भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको छ।

images
images

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रकाशित : आइतबार, माघ २९ २०७९०८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend