काठमाडौं- सरकारले सुदूरपश्चिम प्रदेशको दोधारा-चाँदनी नगरपालिका कञ्चनपुरमा दोधारा-चाँदनी सुक्खा बन्दरगाहा/एकीकृत जाँचचौकी निर्माणको कामका लागि प्रक्रिया अगाडि बढाइरहेको छ।
सरकारले निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट (ईआईए) सार्वजनिक गरेको छ। राय सुझावका लागि वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक गरेको हो।
सार्वजनिक रिपोर्टमा दोधारा-चाँदनी सुक्खा बन्दरगाहा/एकीकृत जाँचचौकीको लागत १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। नेपाल इन्टरमोडल यातायात समिति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रस्तावक रहेर तयार पारेको रिपोर्टको अन्तिम स्वीकृतिका लागि वन तथा वातावरणले राय सुझाव माग्दै रिपोर्ट सार्वजनिक गरेको हो।
नेपाल सरकारले आर्थिक विकासको लागि पूर्वाधारहरू निर्माण गरिरहेको छ। सोही क्रममा सरकारले सुदूरपश्चिम प्रदेश र भारतबीचको व्यापार र यातायात पूर्वाधार विकासका लागि सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकी निर्माण प्रस्ताव गरेको हो।
नेपाल भारत अन्तरदेशीय व्यापारमा हालसम्म काँकरभिट्टा, विराटनगर, वीरगंज, भैरहवा, नेपालगञ्ज जस्तै सुदूर पश्चिम प्रदेशमा यो पहिलो आयोजना तथा व्यापार केन्द्र हुनेछ। यो आयोजनाले इन्डियन ओसन तर्फको व्यापार तथा पारवाहन सुविधालाई सहज बनाउने सरकारको भनाइ छ। जसले गर्दा कोलकत्ता तथा बिशखापट्टम बन्दरगाहको भारलाई पनि कम गराउने सरकारको भनाइ छ। यसको साथै मुम्बई तथा गुजराततर्फको बन्दरगाहलाई जोड्ने तथा दिल्लीतर्फको व्यापार मार्ग सहज बन्ने समितिले जनाएको छ।
समितिले सुक्खा बन्दरगाह महत्त्वपूर्ण विकास आयोजना बन्ने सम्भावना रहेको बताएको छ। दोधारा-चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकी निर्माणको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन आयोजनादेखि दिल्लीसम्मको दुरी लगभग २४५ किमि रहेको छ।
त्यसैगरी गुजरात करिब १२०० किमि रहेको छ। यस सुक्खा बन्दरगाहले भारतका पश्चिमी राज्यहरू दिल्ली, राजस्थान, गुजरात, उत्तराखण्ड, पन्जाब, हरियाणा आदि राज्यको नजिक र सहज व्यापार सुविधामा वृद्धि हुनेछ समितिको भनाइ छ। दोधारा-चाँदनी सुक्खा बन्दरगाह/एकीकृत जाँचचौकी निर्माण आयोजनाले नेपालको पश्चिमी नाकालाई जोड्ने छ।

आयोजना क्षेत्र १७४ मिटर देखि २१५ मिटरको उचाईमा फैलिएको छ। दोधारा-चाँदनी नगरपालिकाको विद्यमान भू-उपयोग हेर्दा नगरपालिकाको झण्डै ६५.७६ प्रतिशत (३७.३८ वर्ग कि.मी.) जग्गा खन-जोत हुने उपयुक्त जमिनको रूपमा रहेको छ भने १९.९० प्रतिशत (११.३१ वर्ग किलोमिटर) वन, झाडी तथा घाँसे मैदानले ओगटेको छ। खेतीयोग्य जमिन मध्ये अधिकांश जमिन मौसमी वर्षामा निर्भर रहेको छ।
गर्मीयाममा दोधारा-चाँदनी नगरपालिकाको औसत तापक्रम अधिकतम ३७.५ डिग्री सेल्सियस रहेको छ भने हिउँदमा न्यूनतम ६.९ डिग्री सेल्सियस रहेको छ। नगरपालिकाका विभिन्न भौगोलिक क्षेत्र तथा वडाहरूमा फैलिएर रहेका नदी नाला, खोला र पोखरीहरूले जलभण्डार गरिएको छ। यस नगरपालिकाको प्रमुख नदीमा महाकाली नदी र जोगबुढा नदी रहेका छन्। यसका अलावा नगरमा अन्य सानातिना खोला तथा पोखरीहरू रहेका छन्।

नगरपालिकाका नदी तथा खोला किनारका भागहरू भू-क्षयको दृष्टिकोणले संवेदनशील क्षेत्रमा पर्दछ। मानिसको अत्यधिक बसाइसराइका कारणबाट नगरपालिका क्षेत्रमा परिरहेको वन विनाशको चाप, अनियन्त्रित डढेलो, चरीचरण राख्ने प्रवृत्ति एवं अव्यवस्थित ढंगले ढुंगा तथा बालुवाहरू झिक्नाले प्राकृतिक सन्तुलन बिग्रन गई बस्ती एवं खेतीतर्फ अनियन्त्रित बाढीको प्रकोप केन्द्रित भएको छ।
आयोजना क्षेत्र वरिपरि पर्याप्त हरियाली वनस्पति रहेको भएता पनि वायुको गुणस्तर केहि प्रदुषित रहेको छ। आयोजना स्थलमा प्रयोग हुने भूमिगत पानीको परिक्षण गरिएको थियो जसमा राष्ट्रिय पानीको गुणस्तर सम्बन्धि मापदण्ड २०६३ भित्र रहेको छ।
आयोजन स्थलमा बन्ने संरचनाहरू
