शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

साहस ऊर्जाले बनाएको ८६ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो

images
शनिबार, माघ २८ २०७९
images
साहस ऊर्जाले बनाएको ८६ मेगावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो

सम्झौताअनुसार काम नगरेको भन्दै इटालीयनसँग ठेक्का तोडेर फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो। त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको हो।

images
images

सोलुखुम्बु- सोलुखोला दूधकोशी जलविद्युत आयोजनाबाट उत्पादित ८६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। साहस ऊर्जा कम्पनी लिमिटेड प्रवद्र्धक रहेको उक्त आयोजना अघिल्लो सातादेखि परीक्षणका क्रममा थियो। 

images
images
images

सोलुदधुकण्ड नगरपालिका-११ स्थित सोलुखोलाको पानी चार हजार छ सय ७९ मिटर लामो सुरुङमार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइपलाइनमार्फत थुलुङ दुधकोशी गाउँपालिका-३ मैकुबेसिमा खसाई ८६ मेगावाट विद्युत उत्पादन गरिएको हो।

images
images

नदी प्रवाहमा आधारित विद्युत आयोजना लाम्माने सबस्टेसनमा रहेको १३२ केभीए सोलु करिडोरमा जोडिएको छ। साहास ऊर्जाको विद्युत गृहदेखि लाम्मानेसम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडिएको हो। आयोजनाको ग्रस हेड ६ सय १३ मिटर छ। 

images
images

परीक्षण सफल भएपछि आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास ऊर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताए। विसं २०७२ को असोजमा विद्युत विकास विभागबाट जेनेरेशन लाइसेन्स लिएको कम्पनीले सिभिल क्षेत्रको निर्माणको जिम्मा इटालीयन कम्पनी सिएमसिदि रिभेन्नाले पाएको थियो। 

सम्झौताअनुसार काम नगरेको भन्दै इटालीयनसँग ठेक्का तोडेर फेरि नयाँ ठेक्का आह्वान गरिएको थियो। त्यसपछि सीई कन्स्ट्रक्सनले ठेक्का लिएर सिभिलतर्फको काम समयमै सम्पन्न गरी आयोजनाले पूर्णता पाएको हो। 

आयोजनाको हाइड्रो मेकानिकलको ठेक्का माछापुच्छ्रे एण्ड मेटल वर्क सप र इलोक्ट्रो मेकानिकलको ठेक्का भाइथ हाइड्रोले लिएको थियो। कुल २५ प्रतिशत संस्थापक तथा सेयरधनी र ७५ प्रतिशत बैंकको लगानीमा करिब १३ अर्बको कुल लागतमा निर्माण सम्पन्न भएको हो। नेपाल इन्भेष्टमेण्ट बैंकको नेतृत्वमा १० बैंकको यस आयोजनामा लगानी छ। 

केन्द्रीय प्रसारण लाइन जोडिएसँगै अबको १५ दिनभित्र व्यावसायिक उत्पादन गरिने कम्पनीका अध्यक्ष पाठकको भनाइ छ। यसअघि सोलुखोलामै निर्माण भएको २३ दशमलव पाँच 
मेगावाट क्षमताको अपर सोलु जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सोलुखोलामा अझै एक सय ५० मेगावाटभन्दा बढी क्षमताका विद्युत आयोजना निर्माणको क्रममा छन्। रासस


प्रकाशित : शनिबार, माघ २८ २०७९१३:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend