बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सेगवे नाइनबोटको नयाँ विद्युतीय स्कुटर 'एन १००' सार्वजनिक 

शनिबार, माघ २८ २०७९
सेगवे नाइनबोटको नयाँ विद्युतीय स्कुटर 'एन १००' सार्वजनिक 

सेगवे नाइनबोटको एन-१०० ७२ विद्युतीय मोटरसाइकल हो जसमा छिटो र प्रभावकारी यात्राको लागि उच्च कार्यक्षमता समावेश गरिएको छ

काठमाडौं- सेगवे नाइनबोटको नेपालका लागि आधिकारिक विक्रेता आईहब प्रालिले  सेगवे नाइनबोटको नयाँ स्कुटर सार्वजनिक गरेकाे छ। कम्पनीले एन-सिरिज अन्तर्गतको नयाँ विद्युतीय स्कुटर 'एन-१००' सार्वजनिक गरेको हो। 

कम्पनीका अनुसार एन सिरिजअन्तर्गत सार्वजनिक हुने एन-१०० पहिलो स्कुटर हो भने एन-१०० सहरी क्षेत्रका लागि आधुनिक विशेषताहरू समावेश गरी तयार गरेकाे छ। 

यो स्कुटरको मूल्य २ लाख ६० हजार रुपैयाँमा तोकिएकाे छ। ग्राहकले तत्कालै स्कुटर खरिद गरेमा १० हजार रुपैयाँ छुट पाउने  कम्पनीले जनाएकाे छ।  

सेगवे नाइनबोटको एन-१०० ७२ विद्युतीय मोटरसाइकल हो जसमा छिटो र प्रभावकारी यात्राको लागि उच्च कार्यक्षमता समावेश गरिएको छ। एन-१०० मा २२ सय वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुसलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ। 

यो विद्युतीय स्कुटरमा एलइडी लाइट, डिजिटल डिस्प्ले र राईडी गो जस्ता स्मार्ट प्रविधिसहित उत्कृष्ट सुविधाहरू छन्। यसमा आरामदायी सिट दिइएको छ। बलियो इन्जिन र प्रभावशाली ब्याट्रीहरूसँगै एन-१०० को आकार ठूलो छ भने सिटमुनि पनि पर्याप्त ठाउँ छ। 

याे स्कुटर बजारमा कालो, सेतो र रातो गरी तीन विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ। एन-१००मा कम्प्याक्ट डिजाइनको अतिरिक्त अत्याधुनिक मोबाइल एपसहितको प्रविधि जडान गरिएको यसकाे सवारी चालक गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्र्याक गर्न सकिन्छ। 

स्कुटरको ग्राउन्ड क्लेरेन्स १२९ एमएम छ भने ह्विलबेस १३ सय ५० एमएम छ। स्कुटरको अगाडि भागमा १० र पछाडि १२ इन्चको ट्युबलेस टायर दिइएको छ। एन-१०० को टप स्पीड ६० किलोमिटर प्रति घण्टा छ। स्कुटर सजिकै घरको सकेटमा चार्ज गर्न सकिन्छ।

यो आइपिएक्स-५ भेहिकल र आइपिएकस-७ ब्याट्री रेसिस्टेन्ट छ। जसले गर्दा स्कुटरलाई पानी पर्दा पनि ढुक्क भएर चलाउन सकिन्छ। 


प्रकाशित : शनिबार, माघ २८ २०७९०९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend