शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

गाडीका पार्टपुर्जाको अवैध ओसारपसार र कारोबारमा वृद्धी, नियन्त्रण गर्न ज्ञापनपत्र

images
शुक्रबार, माघ २७ २०७९
images
गाडीका पार्टपुर्जाको अवैध ओसारपसार र कारोबारमा वृद्धी, नियन्त्रण गर्न ज्ञापनपत्र

जसका कारण वैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन् भने राज्यलाई प्राप्त हुने राजस्वको ठूलो हिस्सा पनि गुमिरहेको छ। 

images
images

काठमाडौं- नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सीमानाको फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा वृद्धी भएको छ। जसका कारण वैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन् भने राज्यलाई प्राप्त हुने राजस्वको ठूलो हिस्सा पनि गुमिरहेको छ। 

images
images
images

विश्वव्यापी महामारी कोभिड १९ का कारणले आक्रान्त भएका व्यवसायीहरु बैंकिङ नीतिमा आएको नीतिगत परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोवारका कारणले व्यवसायीहरु व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका हुन्। 

images
images

यस समस्याका कारण व्यवसायीहरु मात्र मारमा परेको नभइ राष्ट्रलाई नै हानी भइरहेको सन्दर्भमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र वुटवल अटो इन्जिनियरिङ एसोसियसनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन्।

images
images

व्यवसायी र राज्य दुवै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रुपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोवारलाई निरुत्साहित गर्ने र अवैध कारोबारीहरुलाई कारबाहीको दायरामा ल्यउनुपर्ने कुरा उक्त ज्ञापनपत्रमा उल्लेख छ। 


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend