शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

भारतीय बजारको असर नेपाली बजारमा : धान चामलको मूल्य बढ्दा मारमा उपभोक्ता, किसानलाई केही राहत

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २७ २०७९
images
भारतीय बजारको असर नेपाली बजारमा : धान चामलको मूल्य बढ्दा मारमा उपभोक्ता, किसानलाई केही राहत

नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले भने केही राहत पाएको बताएका छन्। नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपैयाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका हुन्। 

images
images

पोखरीया- धान चामलको मूल्य वृद्धि हुँदा एकातिर किसानले खुसी व्यक्त गरेका छन् भने अर्कोतर्फ उपभोक्ताले भने मारमा परेको बताएका छन्। धानमा प्रतिक्विन्टल तीन सय रुपैयाँसम्म मूल्य वृद्धि हुँदा चामलमा प्रतिकिलो १५ देखि २५ रुपैयाँसम्म मूल्य वृद्धि भएकाले आफूहरू मारमा परेको उपभोक्ताले गुनासो गरेका हुन्। 

images
images
images

नेपाली धानको मूल्य वृद्धि हुँदा किसानले भने केही राहत पाएको बताएका छन्। नेपालमा धानको मूल्य गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपैयाँले वृद्धि भएपछि किसानले थोरै भए पनि राहत पाएका हुन्। 

images
images

भारतले धान निकासीमा कोटा तोकेसँगै भारतमै मूल्यवृद्धि भएपछि नेपालमा धानको मूल्य पनि गत वर्षको तुलनामा यसपालि प्रतिक्विन्टल तीन सय रुपैयाँसम्मले बढेको छ। धानको मूल्य बढेसँगै प्रतिकेजी ४८ रुपैयाँमा पाइने सोना मन्सुली चामलको मूल्य अहिले केजीको ५८ रुपैयाँ पुगेको छ। त्यस्तै ५० रुपैयाँ किलोमा पाइने मन्सुली चामलको मूल्य ६४ र पहिले ६८ किलोमा पाइने जिरा मसिनो चामलको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ । 

images
images

धानको पकेट क्षेत्र मानिने पर्सालगायत मधेस प्रदेशका किसान धानको उचित नपाउँदा मारमा पर्दै आएका थिए। तर यसपालि भने मूल्य बढ्दा केही भए पनि राहत पाएको वीरगञ्ज महानगरपालिका-३० लालपर्साका किसान सीताराम प्रसाद बताउँछन्। धानको उत्पादनमा लाग्ने खर्चभन्दा बिक्री गर्ने रकम जहिले पनि कम नै हुने गरेको भए पनि यसपालि भने थोरै भए पनि खुसी भएको उनी बताउँछन्। 

उनी भन्छन्, 'म अहिले ६५ वर्षको भएँ, १६ वर्षकै उमेरदेखि धान खेती गर्दै आएको छु। मेहनत र लगनका कारण फसल पनि राम्रै हुने गरेको छ तर फसल राम्रो उब्जाउन खाद पनि समयमा नपाउने, महँगोमा पाइने, भारतबाट ल्याउँदा दुःख पाउने, आफ्नो देशमा नपाइने अवस्था छ। बिजोग छ। त्यसमा पनि फसल उब्जाइहाले बेच्न समस्या। यस्तोमा अलि कति भए पनि धानको मूल्य वृद्धि हुँदा खुसी नै छौँ हामी किसान तर यो पर्याप्त चाहिँ छैन।'

पर्साको सबैठवा-४ का अर्का किसान किसमतिया देवी भन्छिन्, 'धान उत्पादन गर्न सिँचाइका लागि पानी किनेरै हाल्नुपर्ने, खाद पनि महँगो पर्ने, पानी नपर्दा झन धानखेतीलगायत सबै खेती नै महँगो पर्ने हुँदा धानको मूल्य वृद्धि त भएको छ। केही मात्रामा राहत भए पनि पर्याप्त भने छैन। सरकारले अझ सोच्नुपर्ने हुन्छ।'

मारमा परेको उपभोक्ताको गुनासो

धानको मूल्य वृद्धि हुँदा आफूहरू मारमा परेको उपभोक्ताले गुनासो गरेका छन्। 

वीरगञ्ज महानगरपालिका-१२ मुर्लीकी सरितादेवी कुर्मी चामलको मूल्य अचानक बढेपछि भान्सा व्यवस्थापनका लागि धेरै नै समस्या भइरहेको गुनासो गरिन्। भारतले नेपालका लागि चालु आर्थिक वर्षमा छ लाख टन मात्रै धान निकासी गर्ने कोटा निर्धारण गरेकाले भारतमै धानको मूल्य बढेपछि नेपालमा पनि धानको मूल्य बढेको हो। धानसँगै चामलको मूल्य पनि बढेपछि उपभोक्ता मारमा परेका हुन्।

नेपाल चामल तेल दाल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष डा सुबोध गुप्ता भारतले गत वर्षदेखि धानको समर्थन मूल्य पाँचदेखि छ रुपैयाँ बढाएर बिक्री गर्ने गरेको र भारततर्फबाट धान चामल नेपालतर्फ आयात गर्दा त्यसमा नै भन्सार कर र ढुवानी भाडा जोडेर नेपालतर्फ बिक्री गर्नुपर्ने कारणले मूल्य वृद्धि भएको अवस्था रहेको बताउँछन्। 

अझ पनि नेपाल धान चामलका लागि ५० देखि ६० प्रतिशत भारततर्फ नै निर्भर रहेको उनको भनाइ छ। नेपाली बजारमा पनि भारततर्फकै धान चामलको समर्थन मूल्यले ठाउँ लिँदा यस्तो अवस्था सिर्जना भएको उनको भनाइ छ। 

नेपाली बजारमा गत वर्ष यही सिजनमा सोना मन्सुली धानको मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ थियो भने हाल बढेर तीन हजार एक सय रुपैयाँ पुगेको छ। त्यही धानको मूल्य भारतमा तीन हजार दुई सय ५० रुपैयाँ रहेको अर्थात् नेपालको धान चामलको मूल्य पनि भारतीय बजारका आधारमा निर्धारण हुँदै आएको गुप्ताको भनाइ छ।  

चालु आवको साउनदेखि पुस मसान्तसम्म भारतबाट वीरगञ्ज नाका हुँदै १९ हजार आठ सय एक मेट्रिक टन अर्थात् एक अर्ब ५० करोड ५५ लाख रुपैयाँ बराबरको चामल आयात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा छ। वीरगञ्ज नाका हुँदै यही अवधिमा धान एक लाख ९४ हजार ८१ मेट्रिक टन अर्थात् छ अर्ब ८१ करोड रुपैयाँ बराबरको आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ। रासस 


प्रकाशित : शुक्रबार, माघ २७ २०७९०५:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend