शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

भारतमा विद्युतीय सवारीले यसरी गर्दैछ ‘उडान’, नेपालमा हुनसक्छ यस्तो प्रभाव

images
शनिबार, माघ २८ २०७९
images
भारतमा विद्युतीय सवारीले यसरी गर्दैछ ‘उडान’, नेपालमा हुनसक्छ यस्तो प्रभाव

भारतमा २०१८ मा १ हजार २ सय ३० वटा ब्याट्रीमा आधारित विद्युतीय सवारी बिक्री भएकोमा २०२२ को अन्त्यसम्ममा यो संख्या ४८ हजार २ सय ६२ वटा पुगेको छ।

images
images

काठमाडौं- भारतीय बजारमा उत्पादन तथा बिक्री भएका सबैजसो सवारीसाधन नेपाली बजारमा उपयुक्त ठहरिँदै आएको छ। भौगोलिक अवस्था र आम उपभोगशैली करिब मिल्दोजुल्दो भएकाले पनि भारतमा बनेका अन्य वस्तुजस्तै सवारीसाधन पनि नेपालमा बढी रुचाइने गरेको छ। 

images
images
images

पछिल्लो समय तीब्र रुपमा विकास भइरहेको र रुचाइँदै गएको विद्युतीय सवारीमा पनि त्यस्तै लागु हुँदै गएको छ। तेस्रो विश्वमा बनेका सवारी महँगो हुने भएकाले पनि भारतमा बनेका सवारी तुलनात्मक रुपमा सस्तो र बाँटो सुहाउँदो भएकाले धेरैको रोजाइमा पर्ने गरेको छ। यस्ता सवारी चाहे प्यासेन्जर कार हुन् वा ठूला बस/ट्रक। विद्युतीय सवारीमा पनि भारतमै बनेकाको धेरै खोजी हुने गरेको छ। 

images
images

भारत आफै पनि विद्युतीय सवारीमा अघि बढी रहेको र अब वेग हान्ने अवस्थामा पुगेको छ। भारतमा २०१८ मा १ हजार २ सय ३० वटा ब्याट्रीमा आधारित विद्युतीय सवारी बिक्री भएकोमा २०२२ को अन्त्यसम्ममा यो संख्या ४८ हजार २ सय ६२ वटा पुगेको छ। विद्युतीय सवारी उत्पादनमा स्टार्टअपभन्दा आरम्परागत सवारीको विद्युतीकरणमै उपभोक्ताको रुची बढ्दै गएको छ। 

images
images

सवारीसाधनको विद्युतीकरण हुनुले वातावरमात्र राम्रो हुने भनइ देशको अर्थतन्त्र तथा आममानिसको स्वास्थ्यमा समेत प्रत्यक्ष प्रभाव पर्दै जानेछ। भारतमा टाटा मोटर्सले विद्युतीय कार उत्पादन गर्दै आएको छ। विद्युतीय सवारीको हिस्सामा टाटा मोटर्सको हिस्सा ८० प्रतिशतभन्दा बढी रहेको छ। टाटाले हाल नेक्सन ईभी, टिगोर ईभी, टियागो ईभीलगायत विद्युतीय कार उत्पादन गर्दै आएको छ भने तीन वटाभन्दा बढी मोडलका विद्युतीय कार निकट भविष्यमै बजारमा ल्याउने तयारी गरेको छ। त्यस्तै विभिन्न मोडकका विद्युतीय कन्सेप्ट कार पनि सार्वजनिक गरेको छ। अबको ५ वर्ष भित्र टाटा मोटर्सले १० वटा विद्युतीय सवारी ल्याउने बताएको छ। 

त्यस्तै अर्को भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले पनि आधादर्जन विद्युतीय सवारी उत्पादन गर्ने घोषणा गरेको छ। त्यस्तै महिन्द्राले हादै एक्सयूभी ४०० विद्युतीय कार भारतमा सार्वजनिक गरेको थियो। 

त्यसैगरि भारतको हालको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी मारुती सुजुकीले समेत २०२४ मा विद्युतीय कार बजारमा ल्याउने गरि काम गरिरहेको जनाएको छ। विद्युतीय सवारी ल्याउने धेरै ढिलो गरेको भन्दै आलोचना खेप्दै आएको मारुती सुजुकीले २०२५ भित्र केही मोडलका विद्युतीय कार ल्याइसक्ने बताएको छ।

भारत सरकारले विद्युतीय सवारी उत्पादकहरुलाई विभिन्न स्किम उपलब्ध गराउँदै आएको छ। भारतले विद्युतीय सवारीसहित आयातित अन्य सवारीको समेत कर बढाएको छ। विद्युतीय सवारीको उत्पादन भारतमै गर्न प्रेरित होस् भनेर टेस्लाको कर घटाउने प्रस्ताव समेत अस्वीकर गरेको हो।  

भारतमा अन्य सवारी उत्पादक कम्पनीहरु हुन्डाई, किया, एमजीलगायत कम्पनीहरुले पनि विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकता दिएका छन्। भारतमा विद्युतीय सवारी सर्वसुलभ भएमा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत पर्ने नै छ। भारतमा प्यासेन्जर कारमात्र नभइ ठूला बस तथा ट्रक पनि विद्युतीय भर्सनमा आउन थालेका छन्। तथापी ठूला विद्युतीय बस तथा ट्रक भने महँगा छन्। 

हाल नेपाली बजारमा टाटा, हुन्डाई, निटा, एमजी, किया, दी गो, निसान, टेस्ला लगायत ब्रान्डका विद्युतीय सवारी बिक्री हुँदै आएका छन्। सवारी आयातकर्ताहरुले विद्युतीय सवारीका लागि आवश्यक चार्जिङ स्टेसनलगायतको पूर्वाधार निर्माणमा जोड दिइरहेका छन्। भारतमा उत्पादन भएका कार तेस्रो मुलुकबाट ल्याउनेभन्दा तुलनात्मक रुपमा सस्तो हुने र यहाँको बाटो सुहाउदो समेत हुने भएकाले धेरैले खरिद गर्ने गरेका छन्। 

नेपालमा पनि पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ। सरकारले विद्युतीय सवारीको आयातमा ब्याट्री क्षमताका आधारमा कर तोकेको छ। १ सय किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय सवारीमा भने भ्याट र सडम मर्मत दस्तुर बाहेक १० प्रतशत भन्सार लाग्ने व्यवस्था गरेको छ। त्यस्तै सरकारले दीर्घकािलन रुपमा विद्युतीय सवारी प्रवर्द्धन गर्ने नीति लिएको छ। 

ठूलो संख्यामा विभिन्न ब्रान्डका विद्युतीय सवारी भारतमै बन्न थालेपछि नेपाली उपभोक्ताले पनि सस्तो मूल्यमा सहजै विद्युतीय सवारी खरिद गर्न पाउने छन्। भारतले विद्युतीय सवारीमा जति लामो बेग हान्य त्यसको सकारात्म प्रभाव नेपालसम्म पनि पक्कै आइपुग्ने छ। 


प्रकाशित : शनिबार, माघ २८ २०७९०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend