शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी 

images
बिहीबार , माघ २६ २०७९
images
ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी 

यस्ता दु:ख दिने क्रियाकलाप रोक्नका लागि सम्बन्धित निकाय र मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाइसकेको भएपनि हालसम्म उक्त सुनुवाई नभएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

images
images

काठमाडौं- यातायात व्यवसायीहरुले ट्राफिक प्रहरीले अनावश्यक दु:ख दिएको भन्दै त्यसविरुद्ध विरोधका कार्यक्रम घोषणा गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंगले बिहीबार एक विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक यातायात क्षेत्रप्रति ज्यादति गरेको भन्दै आन्दोलन गर्ने घोषणा गरेको हो।

images
images
images

ट्राफिक प्रहरी कार्यालयले यातायात कसुरमा न्यूनतम १ हजार ५ सय रुपैयाँ जरिवाना लिएको, सवारीचालकको लाइसेन्स निलम्बन गरेको, सवारीसाधनमा हरियो स्टिकर टाँस्दाटाँस्दै पनि पुनः प्रदुषण जाँच गरेर दु:ख दिएको महासंघको दाबी छ।

images
images

यस्ता दु:ख दिने क्रियाकलाप रोक्नका लागि सम्बन्धित निकाय र मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाइसकेको भएपनि हालसम्म उक्त सुनुवाई नभएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

images
images

यदि अझै माग पुरा नभए विरोधका कार्यक्रमहरु गर्ने जिम्मा ३ वटै मजदूर संगठनलाई दिने निर्णय महासंघको बुधबार बसेको कार्यसम्पादन सचिवालयको बैठकले गरेको छ। मजदूरको विरोधले पनि सुनुवाई नभए महासंघ नै त्यसमा आवद्ध हुने र त्यति पनि नभए देशभर आन्दोलन गर्ने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

yat masang.jpg


प्रकाशित : बिहीबार , माघ २६ २०७९१२:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend