बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नाडाबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई सशक्तिकरणका लागि सहयोग 

बिहीबार , माघ २६ २०७९
नाडाबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरीलाई सशक्तिकरणका लागि सहयोग 

त्यसै क्रममा नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ।

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले ट्राफिक प्रहरीलाई सहयोग गरेको छ। नाडाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई राजधानीको सेण्ट्रल ट्राफिक मोनिटरिङका लागि पाँच थान हाइटेक एडभान्स सिपियु तथा त्यससँग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको हो। 

त्यसै क्रममा नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ। सो कार्यक्रमको क्रममा राजधानीको ट्राफिक व्यवस्थापन तथा पार्किङका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल गरेको छ। सामागी हस्तारन्तरणका क्रममा नाडाका अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए।  

सो कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुष्ट बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए। त्यसै क्रममा सो कार्यालयका प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताए। 

उक्त हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति,  कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी तथा पुष्कर ओझासमेतको उपस्थिति रहेको थियो।


प्रकाशित : बिहीबार , माघ २६ २०७९०९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend