शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन माग

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , माघ २६ २०७९
images
गैँडाकोटलाई चुरे क्षेत्रबाट हटाउन माग

‘करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृङ्खला हो’ भनेर परिभाषित गरिएको छ।

images
images

नवलपरासी- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ। यसका लागि सो नगरपालिकाले सङ्घीय सरकारलाई आग्रह समेत गरेको छ।

images
images
images

हाल महाभारत पर्वत शृङ्खलामा रहेको सो नगरपालिकालाई चुरे क्षेत्र भनेर कायम गरिएको जनाइएको छ। गैँडाकोट नगरपालिकाले महाभारत क्षेत्रमा कायम गर्न सङ्घीय सरकारलाई सिफारिस गरी पठाउने प्रस्ताव नगर सभाबाट पारित गरिएको छ। 

images
images

गैँडाकोट नगरपालिका महाभारत पर्वत क्षेत्रमा नै पर्ने भएकाले नगरकार्यपालिका सदस्यहरुलेसमेत महाभारत क्षेत्रमा राखिनुपर्ने आवाज उठाएका थिए। चुरे क्षेत्रबाट हटाउन सङ्घीय सरकार समक्ष सिफारिस गरी पठाउने प्रस्ताव आठौँ नगर कार्यपालिकाले निर्णय गरेको थियो। सो प्रस्ताव नगर सभाले अनुमोदन गरेपछि गैँडाकोटलाई चुरेबाट हटाउन सिफारिस गरिएको हो। 

images
images

चुरे क्षेत्र राष्ट्रपति चुरे-तराई-मधेश संरक्षण विकास समिति मातहतमा रहेको छ। ‘करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृङ्खला हो’ भनेर परिभाषित गरिएको छ। यो नेपालको पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म ३७  जिल्लामा फैलिएको छ। 

तराईको कूल भू-भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्ने राष्ट्रपति चुरे-तराई-मधेश संरक्षण विकास समितिले जनाएको छ। अधिकांश ठाउँमा तराईको भू-भाग सकिएर माथि उठेको भू-भाग तथा महाभारत क्षेत्रको भू-भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ। 

गैँडाकोटलाई चुरेमा राखिँदा नगरपालिकाले विकास निर्माणमा झन्झटिलो भएको, सामुदायिक वनले काठ कटान गर्न नपाएको, नगरकै विकासका लागि चुरे क्षेत्रबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने प्रक्रियामा झन्झट भएको बताउँदै आएको छ। 

विकास निर्माण र प्रक्रियामा झन्झटिलो भएका कारण गैँडाकोटलाई महाभारत क्षेत्रमा कायम गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरिएको गैँडाकोट नगरपालिकाका प्रवक्ता शिवकान्त तिवारीले जानकारी दिए। उपभोक्ता समितिलाई असहज भएकोले पनि महाभारत क्षेत्रमा राख्न सङ्घीय सरकारलाई सिफारिस गर्न लागिएको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले बताए।

स्थानीय सरकारको अधिनमा पालिकास्तरमा विकास निर्माणकार्य प्रभावकारी रुपमा परिचालन गर्न सकियोस् भन्ने हेतुले नगर सभाले महाभारत पर्वतमा पार्न पारित समेत गरेको उनले बताए। 

चुरेबाट हटाएर महाभारत पर्वत शृङ्खलामा पार्न अन्तरपालिका समन्वयका आधारमा निर्णय गरिएको उनको भनाइ छ। यद्यपि देवुचुली र कावासोती नगरपालिकाले भने सो निर्णय गरिसकेका छैनन्। देवुचुलीका प्रमुख प्रशासकीय अधिकृत मोहाप्रसाद मारासिनीले देवचुलीले सोबारे निर्णय गरिनसकेको बताए। कावासोतीका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले अहिले नै सोबारे निर्णय नगरेको बताए। 

यस क्षेत्रमा सामान्यतया पूर्णरुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु यही चुरे क्षेत्र भई तराईतर्फ बग्ने हुँदा प्राकृतिक रुपले यो क्षेत्र अत्यन्त संवेदनशील रहेको समितिले बताएको छ। औलो उन्मुलन पश्चात चुरे तथा भावर क्षेत्रमा मानव बस्ती विस्तार हुँदै जाँदा आवादी र खेतीका लागि वन जङ्गल फाँड्ने क्रम बढेको भन्दै त्यसलाई रोक्न सरकारले चुरे संरक्षणलाई अभियानका रुपमा सञ्चालन गर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सुरुआत गरेको थियो। रासस


प्रकाशित : बिहीबार , माघ २६ २०७९०७:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend