काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि हुँदा चाँदीको मूल्य भने घटेको छ। मंगलबारको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको हो।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबारका लागि छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढेर १ लाख ४ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ तोकिएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।