शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

रारा जाने पर्यटकीय मार्ग नाग्म-गमगढी सडक कालोपत्र गरिने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २५ २०७९
images
रारा जाने पर्यटकीय मार्ग नाग्म-गमगढी सडक कालोपत्र गरिने

समग्र ९३ किमी सडक नै कालोपत्रका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताएका छन्।

images
images

मुगु- नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म-गमगढी सडक कालोपत्र गरिने भएको छ। चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो। 

images
images
images

९३ किलोमिटर दूरी रहेको नाग्म-गमगढी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए।

images
images

हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायत काम गर्न लागिएको छ।

images
images

चौलागाईंले भने, 'पहिलो चरणमा साढे छ किलोमिटर सडक कालोपत्र हुनेछ। बोलपत्र आह्वान भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेशसमेत भइसकेको छ। फागुन पहिलो हप्ताबाट कालोपत्रको काम सुरु हुनेछ।'

थोदुङ वाचन जेभी कम्पन्नीले कालोपत्रको ठेक्का पाएको छ। निर्माण कम्पन्नीले असार मसान्तभित्र कालोपत्र सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईंले जानकारी दिए। 

नाली निर्माण, पक्की पर्खाल निर्माण, कङ्क्रिट ढलानका साथै कालोपत्रको काम हुनेछ। नाग्म-गमगढी सडक कालोपत्र गर्न रु ४० करोड खर्च हुने भएको छ। कालोपत्रसँगै अन्य नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायतका काम हुनेछन्। समग्र ९३ किमी सडक नै कालोपत्रका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए।

उनले भने, 'नाग्म-गमगढी सडक ग्राभेल गरिएको छ। गुठिज्युला राराताल प्रवेशद्वार भएकाले पनि कालोपत्रपछि पर्यटकलाई राहत हुने अपेक्षा गरिएको छ।'

सडककै कारण रारा आउने पर्यटकको सङ्ख्यामा गिरावट आएको छ। कर्णाली राजमार्ग स्तरवृद्धिसँगै नाग्म-गमगढी सडक कालोपत्रको खबरले रारा आउने पर्यटक उत्साहित भएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए। रासस


प्रकाशित : बुधबार, माघ २५ २०७९०५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend