शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

कोहलपुरले सुरु गर्‍यो ऐलानी जग्गाको नापजाँच 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २५ २०७९
images
कोहलपुरले सुरु गर्‍यो ऐलानी जग्गाको नापजाँच 

कोहलपुरबाट नौ, भूमि आयोगबाट छ तथा जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना नापजाँचमा खटिएका छन्। 

images
images

बाँके- बाँकेको कोहलपुर नगरपालिकाले ऐलानी जग्गाको नापजाँच थालेको छ। भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई प्राथमिकतामा राखेर जग्गाको नापजाँच भइरहेको छ। 

images
images
images

कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर-१२, १० लगायत वडामा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने छ। वडा नम्बर-१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको एक हजार छ सय ८० कित्ता जग्गा छ। 

images
images

यसअघि लुटबहादुर रावत नगरप्रमुख हुँदा वडा नम्बर-१ मा मात्रै ऐलानी जग्गाको नापजाँच पूरा भएको थियो। वडा नम्बर-१ मा एक हजार पाँच सय ६६ कित्ता नापजाँच गरिएको थियो। यस्तै वडा नम्बर-२ मा मुक्तिनगर, शक्तिनगर र विकास नगरको एक हजार सात सय ३० कित्ता नापजाँच गरिएको थियो। 

images
images

वडा नम्बर-२ मा मात्रै अहिले एक हजार आठ सय ४९ कित्ता जग्गा नापजाँच सम्पन्न भइसकेको छ। योसँगै वडा नम्बर-२ मा ऐलानी जग्गा नापजाँचको काम  पूरा भएको छ। 'भूमिहीन, दलित र सुकुम्बासीलाई जग्गाको स्वामित्व दिन ऐलानी जग्गा नापजाँच तीव्र पारिएको हो', नगरप्रमुख आचार्यले भने। अबको केही  महिनामा नापजाँच सक्ने गरी काम भइरहेको छ। 

कोहलपुर नगरपालिका भूमि सहजीकरण समितिका संयोजक एवम वडा नम्बर-१२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले ऐलानी जग्गा नापजाँचमा २१ अमिनको टोली खटिएको जानकारी दिए। कोहलपुरबाट नौ, भूमि आयोगबाट छ तथा जिल्ला नापी कार्यालयबाट टोली प्रमुखसहित छ जना खटिएका छन्। 

'जमिन भएका, तर वर्षौंदेखि लालपुर्जाविहीन अव्यवस्थित बसोबासीलाई जमिनको मालिक बनाउँछौँ' उनले भने। कोहलपुरमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासी करिब १७ हजार छन्। रासस


प्रकाशित : बुधबार, माघ २५ २०७९०३:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend