बुधबार, कात्तिक ७ गते २०८१    
images
images

इनरुवा सबस्टेसन डुवानमा, कम्पाउण्डवाल बगायो, उपकरणहरुमा क्षति

images
बुधबार, कात्तिक ३ २०७८
images
images
इनरुवा सबस्टेसन डुवानमा, कम्पाउण्डवाल बगायो, उपकरणहरुमा क्षति

अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०-१३२-३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ।

images
images

काठमाडौं- अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०-१३२-३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ। सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ। आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज) लक्ष्यका साथ दुवै  सबस्टेसनको काम भइरहेको थियो ।

images
images
images

बाढीले सबस्टेसनको कम्पाउण्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरु डुवेका छन्। बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवनसमेत डुवानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङले जानकारी दिए ।

‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुर्याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र श्रमिकहरुलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ’,घिसिङले भने।
४०० केभी र २२०-१३२-३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ। साथै

images

ट्रन्सफर्मर,रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरुमा क्षति पुगेको छ।  

images


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend