शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा सास्ती

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २३ २०७९
images
कर्णाली राजमार्ग स्तरोन्नति नहुँदा सास्ती

सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्क साथ यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ।

images
images

सुर्खेत- कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन्। 

images
images
images

राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुनसकेको स्थानीयले गुनासो गरेका छन्। राजमार्ग स्तरोन्नति नहुँदा यात्रुलाई मात्र होइन, सवारी चालक र गाडीधनीलाई पनि उत्तिकै पिरोल्ने गरेको छ। 

images
images

सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली राजमार्गमा ढुक्क साथ यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीयको भनाइ छ। सडक जीर्ण हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भएको कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बमको भनाइ छ। 

images
images

'हामी वर्षौंदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य छौँ', उनले भने, 'कहिले धुलाम्मे त कहिले हिलाम्मे सडकमा यात्रा गर्दा  दुर्घटनाको जोखिम पनि उत्तिकै छ।'

कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ। सुर्खेतको बीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दही खोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ। 

सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका काम हुँदै आएको छ। सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर चित्र चौलागाईंले भने, 'ठाउँ ठाउँमा हामीले स्तरोन्नति गरिरहेका छौँ। तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम गरिरहेका छौँ।'

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात सहसचिव एवम् (प्रवक्ता) मन्त्रालयका शिवप्रसाद नेपालले स्रोत नहुँदा कर्णाली राजमार्ग स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको बताए। 'अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणका लागि स्रोतको खोजीमा छ', उनले भने। रासस


प्रकाशित : सोमबार, माघ २३ २०७९०८:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend