शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सेनासँग रहेका २ सय ५ वटा सवारीसाधन छैनन् दर्ता, दर्तामा सहयोग पुर्‍याउन सेनाको माग

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २३ २०७९
images
सेनासँग रहेका २ सय ५ वटा सवारीसाधन छैनन् दर्ता, दर्तामा सहयोग पुर्‍याउन सेनाको माग

सेनामा रहेका २ सय ५ थान सवारीसाधनको दर्ता र समुचित प्रयोगका लागि रक्षा मन्त्रालयले निकासका विभिन्न उपायको खोजी गरिरहेको छ।

images
images

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारीसाधन दर्ताका लागि माग गरेको छ।

images
images
images

विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहारस्वरुप सहयोग प्राप्त सवारीसाधन दर्तामा सहयोग पुर्‍याउन सेनाले माग गरेको हो।

images
images

शान्ति मिसनबाट फिर्ता र चीनबाट प्राप्त सवारीसाधनको दर्ताका अध्ययन गर्न रक्षा मन्त्रालयले अध्ययन समिति बनाएकामा प्रतिवेदनसमेत प्राप्त भइसकेको मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा बैठकमा जानकारी दिइयो।

images
images

चीनबाट प्राप्त सवारीसाधन दर्ताका सम्बन्धमा सवारी प्रदूषण मापदण्ड संशोधनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुरोध गरिए पनि हालसम्म कुनै प्रगति भएको छैन। सेनामा रहेका २ सय ५ थान सवारीसाधनको दर्ता र समुचित प्रयोगका लागि रक्षा मन्त्रालयले निकासका विभिन्न उपायको खोजी गरिरहेको छ। हालसम्म ती सवारीसाधन दर्ता नहुँदा समयमा त्यसको प्रयोग हुन नसकी थन्किएर बसेको अवस्था छ।

हालै सम्पन्न समीक्षा बैठकमा प्रधानसेनापति प्रभुराम शर्माले भने, 'युएनबाट फिर्ता भएका र चीन सरकारबाट विभिन्न अवसरमा प्राप्त गाडी दर्तासम्बन्धी समस्या छ, त्यो हुन नपर्ने हो। हाम्रो कानुन पनि त्यस्तै छ।'

सेनाले  खरिद गरेको नभई चीनले सेनालाई सहयोगस्वरुप दिएका सवारीसाधन दर्ताका सम्बन्धमा विभिन्न मापदण्ड आवश्यक नरहेको बताउँदै उनले संसारभर प्रयोग भई वार्षिक २० करोड अमेरिकी डलर कमाएर युएनबाट फिर्ता आएका सवारीसाधनको दर्ता र प्रयोगले यहाँको वातावरणलाई कुनै असर नपर्ने धारणा राखे। रासस


प्रकाशित : सोमबार, माघ २३ २०७९०४:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend