शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सुनको आपूर्ति व्यवस्था सुधार गर्न माग

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २२ २०७९
images
सुनको आपूर्ति व्यवस्था सुधार गर्न माग
फाइल तस्बिर

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

images
images

काठमाडौं- बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन्।

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा रहेको महासंघको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो।

images
images

भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाए। त्यसका लागि व्यवसायीसँग आवश्यकताअनुसार परामर्श गरेर अगाडि बढ्ने उनले बताए। मन्त्री भण्डारीसँगको भेटका क्रममा व्यवसायीहरूले सुनचाँदी कारोबारको निर्देशिका जारी गर्न आग्रह गरेका थिए। 

images
images

यस्तै, सुनचाँदी व्यवसायीहरूले भोग्नुपरेका विविध समस्याका बारेमा जानकारी गराएका थिए। त्यसक्रमा उपाध्यक्षद्वय पवनकुमार सोमानी र महेन्द्ररत्न शाक्य तथा सचिव किरणभाइ बज्राचार्य र सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायतले व्यवसायीको समस्याका बारेमा जानकारी गराएका थिए। रासस


प्रकाशित : आइतबार, माघ २२ २०७९१३:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend