शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ २२ २०७९
images
सांसदले उठाए मल, बीउ र सडक निर्माणको समस्या

प्रकाशमान सिंहले काठमाडौंमा दुई दशक लामो समयपछि भित्रिएको मेलम्ची खानेपानीलाई बाह्रै महिना उपलब्ध हुनुपर्ने बताए। उनले मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले साउनदेखि पारिश्रमिक नपाएकोप्रति ध्यानाकर्षण गराए। 

images
images

काठमाडौं- आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

images
images
images

शून्य समयमा सांसद देवप्रसाद तिमिल्सिनाले पटकपटक किसानको समस्या नसुनेकोप्रति ध्यानाकर्षण गराए। उनले सरकारले किसानको पीडा नसुनेको बताए।

images
images

सांसद वासुदेव घिमिरेले कृृषिको आधुनिकीकरणका लागि कृषसँग सम्बन्धित रहेको मलखादको व्यवस्थापन गर्नुपर्ने बताए। उनले मलखाद र बीउबिजनका लागि स्वदेशमै कलकारखाना निर्माण गर्नुपर्ने बताए। 

images
images

सांसद तारा लामा तामाङले सिमानामा हुने अनियमितता र हिंसा रोक्न ध्यानाकर्षण गराए। कञ्चनपुरको बेलौरीमा बन्द अवस्थामा रहेको छोटी भन्सारलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन ध्यानाकर्षण गरे। उनले सिमानामा हुने हिंसा र अनियमतिता रोक्न ध्यानाकर्षण गराए। 

तेजुलाल चौधरीले थारु आन्दोलन र थारु समुदायको भावनामाथि दमन गर्न काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

सांसद दामोदर पौडेलेले फेवा तालको सिमाङ्कनको प्रतिवेदनको कार्यान्वयन गर्नुपर्ने बताए। सांसद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान र रुटको इजातजप्रति ध्यानाकर्षण गराए। उनले मिर्गौला बिरामीका लागि डाइलासिस सेवा प्रभावकारी बनाउन पोखरामा डाइलासिस सेवा केन्द्र निर्माण गर्न  ध्यानाकर्षण गराए।

सांसद दीपक खड्का सङ्खुवासभा जिल्लामा हुने विद्युत् उत्पादनको करिब सात लाखको शेयर सस्तो ब्याजदरमा स्थानीयलाई उपलब्ध गराउन ध्यानाकर्षण गरे।

सांसद दीपा शर्माले बाँकेमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई तीव्र गति दिनुपर्ने बताइन्।  

सांसद दुर्गा राईले भोजपुर जिल्लाको सडानन्द नगरपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाले स्थानीयलाई अन्याय गरेको बताइन्। उनले जथाभावी सुरुङ खन्दा बस्ती नै जोखिममा परेकोप्रति ध्यानाकर्षण गराइन्।  

सांसद धवलशमशेर राणाले नेपालगञ्जबाट भारतको विभिन्न क्षेत्रमा हुने हवाई उडानको व्यवस्था मिलाउन ध्यानाकर्षण गराए।

सांसद नारायणी शर्माले दाङ जिल्लाको सडक निर्माण अस्तव्यस्त हुँदा एक सय नौ जनाको मृत्युको भएको बताइन्। उनले सडक निर्माण गर्न ध्यानाकर्षण गराइन्। 

पुष्पबहादुर शाहले अछाम जिल्लामा बाढीपहिरोमा परी ज्यान गुमाउने र घरबारविहीनलाई तत्काल राहत र व्यवस्थापन गर्नुपर्ने बताए। उनले यस क्षेत्रका बासिन्दाका लागि तत्काल ठोस नीति लिएर स्थानीयको उद्धार गर्नुपर्नेप्रति ध्यानाकर्षण गराए। 

सांसद प्रकाश ज्वालाले सल्यान, दाङ र रुकुम जिल्लाको राप्ती लोकमार्गको तत्काल मर्मत र स्तरोन्नति गर्न ध्यानाकर्षण गरे।

सांसद प्रकाशमान सिंहले काठमाडौंमा दुई दशक लामो समयपछि भित्रिएको मेलम्ची खानेपानीलाई बाह्रै महिना उपलब्ध हुनुपर्ने बताए। उनले मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले साउनदेखि पारिश्रमिक नपाएकोप्रति ध्यानाकर्षण गराए। 

सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण गर्न बनेको विधेयकलाई तत्काल संशोधन पेस गर्न ध्यानाकर्षण गराए। सांसद प्रभुहजरा दुसाध भौतिक निर्माणका लागि स्थानीयलाई जग्गा मुआब्जा उपलब्ध गराउनुपर्ने बताए।  

सांसद बद्रीप्रसाद पाण्डेले पूर्वाधार निर्माण तीव्रता दिनुपर्ने बताए। सांसद प्रेमबहादुर महर्जनले ललितपुर जिल्लाका विभिन्न सडक चक्रपथकोे स्तरोन्नति र करिडोर खोल्न ध्यानाकर्षण गराए।  

सांसद बलराम अधिकारी किसान सिचाँइ र मलको अभावप्रति सरकारको ध्यानाकर्षण गराए। उनले भारतको खुला सिमानाबाट भित्रिने छाडा चौपायाले दुर्घटना बढाएको भन्दै सिमाना व्यवस्थापनमा ध्यानाकर्षण गराए। 

सांसद दीलप्रसाद बडूले नेपाल-भारत र चीनको दार्चुला सडक आयोजना अपेक्षितरुपमा अघि नबढेको बताए। उनले एक महिनायता रोकिएको उक्त सडक निर्माण चार वर्षमा सम्पन्न गर्नुपर्ने ध्यानाकर्षण गराए। सांसद देवीप्रकाश भट्टचनले संवैधानिक सङ्कट आउन सक्नेप्रति ध्यानाकर्षण गराए। रासस


प्रकाशित : आइतबार, माघ २२ २०७९०८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend