काठमाडौं- साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा एकै दिन २ हजार रुपैयाँ घटेको छ। अघिल्लो साता मूल्यमा नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य यो साताको सुरुमै उल्लेख्य घटेको हो।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारका लागि छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेर १ लाख ४ हजार १ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चाँदीको मूल्य पनि एकै दिन तोलामा ४५ रुपैयाँ घटेको हो। आइतबारका लागि चाँदीको मूल्य १३ सय २० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।