शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

पशुपति क्षेत्र विकासको दीर्घकालीन रणनीतिसहितको गुरुयोजना मन्त्रिपरिषद्‍मा पेस गर्ने तयारी

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २० २०७९
images
पशुपति क्षेत्र विकासको दीर्घकालीन रणनीतिसहितको गुरुयोजना मन्त्रिपरिषद्‍मा पेस गर्ने तयारी

यस क्षेत्रको योजनाबद्ध विकासका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय दाता तथा सरोकार समूहसँगको सहयोग र सहकार्यलाई प्रोत्साहित गरिने नीति गुरुयोजनामा लिइएको छ। 

images
images

काठमाडौं- पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको तीर्थस्थल बनाउने दीर्घकालीन रणनीतिसहित पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट गुरुयोजना पारित भई मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भएको छ।  

images
images
images

पशुपति क्षेत्रका मूर्त–अमूर्त तथा प्राकृतिक सम्पदाको संरक्षण गरेर आकर्षक पर्यटकीय गन्तव्यस्थल बनाइने गुरुयोजनामा उल्लेख गरिएको छ। यस क्षेत्रको योजनाबद्ध विकासका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय दाता तथा सरोकार समूहसँगको सहयोग र सहकार्यलाई प्रोत्साहित गरिने नीति गुरुयोजनामा लिइएको छ। 

images
images

पशुपति क्षेत्रमा दर्शन, पूजन तथा यज्ञयागादिका लागि आउने भक्तजन र दृश्यावलोकनका लागि आउने पर्यटकहरुको सेवा, सुविधाका लागि आवश्यक पूर्वाधारको विकास गरिने गरी तयार पारिएको गुरुयोजना गत पुस ८ गते सञ्चालक परिषद्बाट पारित गरिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिए। परिषद्को अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहने व्यवस्था पशुपति क्षेत्र विकास कोष ऐनमा गरिएको छ। 

images
images

पशुपति क्षेत्रको योजनाबद्ध विकासका लागि कोषले विसं २०५३ मा अवधारणात्मक गुरुयोजना सरकारले स्वीकृत गरेको थियो। आर्थिक वर्ष २०५७/५८ देखि लागू भएको यो गुरुयोजना १० वर्षसम्म कार्यान्वयन भएको थियो। आव २०७०/७१ देखि पशुपति क्षेत्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ। 

परिषद्बाट हालै पारित भएको पशुपति क्षेत्रको संरक्षण एवं व्यवस्थापन गुरुयोजना २०७९, मन्त्रालयमा पेस गरी त्यहाँबाट मन्त्रिपरिषद् पठाउने तयारी गरिएको उनले जानकारी दिए। पशुपति क्षेत्रको धार्मिकता, आध्यात्मिकता, सांस्कृतिक एवं पवित्रताको प्रवर्द्धन गर्ने लक्ष्य गुरुयोजनामा राखिएको छ। यस क्षेत्रका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक सम्पदा, कला एवं वास्तुकलाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्य पनि गुरुयोजनाको छ। 

पशुपति क्षेत्रको भूबनोट, भू–संरचना, नदी जङ्गललगायतका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण जोगाउने, रैथाने जीवजन्तु जोगाउने र पशुपक्षीका लागि आवश्यक सेवासुविधा सहज ढङ्गले उपलब्ध गराउन पूर्वाधार विकास गरिने भएको छ। यस क्षेत्रमा आउने तीर्थयात्री तथा पर्यटकका लागि आवश्यक सेवासुविधा सहज ढङ्गले उपलब्ध आवश्यक काम गरिने भएको छ। परम्परागत स्रोत, साधन र अभ्यासलाई पुनःस्थापित गर्दै पशुपति क्षेत्रमा रहेका गुठीको समुचित व्यवस्थापन गरिने भएको छ। 

चालु आर्थिक वर्षमा गुरुयोजना मन्त्रिपरिषद्बाट पारित गरेर कार्यान्वयनमा अघि बढाइने भएको छ। पशुपति क्षेत्रको दुई सय ८३ हेक्टर जमिनमध्ये ८३.५५ हेक्टर क्षेत्रफल प्राचीन स्मारक क्षेत्रमा पर्छ। रासस


प्रकाशित : शुक्रबार, माघ २० २०७९०८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend