काठमाडौंं- बिहीबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार भने घटेको छ। शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। बिहीबारको तुलनामा सुन प्रतितोला १ हजार ४ सय र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ घटेर १ लाख ६ हजार १ सय रुपैयाँ कायम भएको हो।
त्यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेको छ। शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।