शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

काठे पुलबाट वारपार गर्न तिर्नुपर्छ शुल्क, पिलरमात्र ठड्याएर दशकदेखि बनेन पक्की पुल

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २० २०७९
images
काठे पुलबाट वारपार गर्न तिर्नुपर्छ शुल्क, पिलरमात्र ठड्याएर दशकदेखि बनेन पक्की पुल

शुक्लाफाँटा नगरपालिका-१२ र लालझाडी गाउँपालिका-४ का बासिन्दा काठको पुलबाट सवारीसाधन आवतजावत गरेवापत शुल्क तिर्दै आएका छन्। 

images
images

कञ्चनपुर- कञ्चनपुरको दोदा नदीमाथि बनाइएको अस्थायी काठे पुलबाट वारपार गर्दा शुल्क बुझाउनुपर्ने बाध्यतामा स्थानीय बासिन्दा रहेका छन्। जोखिम मोलेर अस्थायी काठे पुलबाट दिनहुँ आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ।  

images
images
images

साइकल र मोटरसाइकल लिएर गन्तव्यतर्फ कच्ची काठे पुलबाट सर्वसाधारण वारपार गर्छन्। शुक्लाफाँटा नगरपालिका-१२ र लालझाडी गाउँपालिका-४ का बासिन्दा काठको पुलबाट सवारीसाधन आवतजावत गरेवापत शुल्क तिर्दै आएका छन्। 

images
images

काठेपुलनजिकै एक दशक अघिदेखि पक्की पुलको पिल्लर ठड्याइएको भएपनि पुल निर्माण कार्य अलपत्र परेको छ।

images
images

कञ्चनपुरको लालझाडी गाउँपालिकाकी सरस्वती राना हरेक दिन झिसमिसे बिहानदेखि अबेर रातिसम्म दोदा नदी किनारमा बस्छिन्। नदी तर्नका लागि उनले अस्थायी काठको पुल बनाएकी छिन्। पुलमार्फत् ओहरदोहर गर्ने मोटरसाइकल र साइकल सवारबाट उनी शुःल्क लिन्छिन्। 

पुलमार्फत् नदी वारपार गर्ने मोटरसाइकल सवारले ४० रुपैयाँ र साइकल सवारले पाँच रुपैयाँ बुझाउँछन्। रानाको यो पछिल्लो तीन वर्षदेखिको दिनचर्या हो। 

नदी छेउमै काठको वेरियरछेउ सानो पसल पनि राखेकी छिन्। पुल भएर ओहरदोहर गर्ने साइकल तथा मोटरसाइकल सवार यात्रुबाट हुने आम्दानीले उनले घर खर्च चलाएकी छिन्। पुल प्रयोग गर्नेहरुबाट उनले दैनिक एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म रकम उठाउँछिन्। श्रीमानको निधन भएपछि छोरा बुहारी, नाती नतिनाको खर्चको जोहो गर्न उनले नदीमा अस्थायी पुल राखेकी हुन्।

kathe pul kanchanpur (2).jpg

'रोजगारीको छैन। खेती गर्न जग्गा छैन। नदीले जग्गा बगाएपछि वन क्षेत्रमा झोपडी बनाएर बस्दै आएका छौँ', उनले भनिन्, 'हरेक बर्ष वर्खा सकिएपछि कात्तिकदेखि नदीमा अस्थायी पुल राख्ने गरेकी छु।' उनले कात्तिकमा राखेको पुल जेठतिर निकालेर घरमा राख्छिन्। नदीमा सात महिना राखिने पुलबाट हुने आम्दानीले रानाको परिवार चलेको छ।

रानाले अस्थायी रुपमा  काठको पुल राखेको स्थानभन्दा छेवैमा पक्की पुल निर्माणका लागि पिलर ठडयाइएका छन्। तर एक दशकअघिदेखि यसैगरी उभिएका पिलरले कहिले मूर्तरुप कहिले लिने हो टुङ्गो छैन।

स्थानीय बोटसिंह राना भन्छन्, 'कृष्णपुर नगरपालिकाको बाणि हुँदै लालझाडी गाउँपालिकासम्म पुग्न नदीमा पुल निर्माण थालिएको हो। निर्माण अलपत्र परेपछि अस्थायी पुलमा शुःल्क तिरेर तर्न बाध्य छौँ।'

दोदा नदी नजिकैको वनहरा नदीमा पनि अस्थायी काठको पुल निर्माण गरिएको छ। नदी तर्नेबाट त्यस ठाउँमा समेत शुःल्क लिइने गरिएको छ। नदीमा निर्माण गरिएको झोलुङगे पुल गत भदौको अन्तिम साता आएको बाढीले ढालेपछि स्थानीय शुःल्क तिरेर काठको अस्थायी पुल तर्दै आएका छन्। 

नदीमा काठको अस्थायी पुल राखेर शुःल्क उठाउँदै आएका रामबहादुर रानाले १५ जना मिलेर अस्थायी पुल राखेको बताए। पुलबाट उठेको केही रकम स्थानीय विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्ने र बचेको रकम १५ जानाले बाँडेर लिने गरेको उनले सुनाए। 

दुवै नदीमा बनाइएका अस्थायी पुलमार्फत् पैदल यात्रु, साइकल र मोटरसाइकल आवतजावतका लागि प्रयोग हुने गरेको छ। 'अस्थायी भएपनि निर्माणकर्ताले काठको व्यवस्था गरी पुल राख्दा थोरै समयका लागि भएपनि सुविधा पुगेको छ', स्थानीय प्रकाश खुनाले भने, 'थोरै शुःल्क लिँदा चित्त दुखाएका छैनौँ बरु सेवा पाएका छौँ।' रासस


प्रकाशित : शुक्रबार, माघ २० २०७९०४:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend