शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो

images
बिहीबार , माघ १९ २०७९
images
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७ हजार ५ सय पुग्यो

बिहीबारका लागि चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य हालसम्मकै महँगो हुँदै प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो। 

images
images
images

यसअघि माघ १२ गते नेपाली बाजरमा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। सो दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

images
images

बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ र चाँदी २५ रुपैयाँ बढेको हो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारका लागि छापावाल सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ बढेर १ लाख ७ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

images
images

त्यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेको हो। बिहीबारका लागि चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  


प्रकाशित : बिहीबार , माघ १९ २०७९०५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend