शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

चक्रपथमा विद्युतीय बस र्‍यापिड ट्रान्जिटका लागि आसयपत्र माग्ने सूचना रद्ध

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १८ २०७९
images
चक्रपथमा विद्युतीय बस र्‍यापिड ट्रान्जिटका लागि आसयपत्र माग्ने सूचना रद्ध

यसअघि नगर विकास कोषले पनि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण न्यूनीकरणका लागि ‘ई-बीआरटी’ प्रणाली सञ्चालनको योजना अघि सारेको थियो।  

images
images

काठमाडौं- उपत्यकाको सवारी चापलाई न्यूनीकरण गर्न विद्युतीय बस र्‍यापिड ट्रान्जिट (ई-बीआरटी) प्रणाली सञ्चालनको सम्भाव्यताको अध्ययन गर्न लगानी बोर्डले परापर्शदाता माग गर्दै मागेको आसयपत्र रद्ध गरेको छ।

images
images
images

काठमाडौं उपत्यकाको चक्रपथमा ई-बीआरटी सञ्चालनका लागि सम्भावना के कस्तो छ भनेर अध्ययनका लागि परापर्श सेवा माग गर्दै बोर्डले सार्वजनिक सूचना आह्वान गरेको  थियो। 

images
images

ई-बीआरटी सञ्चालनको आर्थिक, प्राविधिक, वित्तीय तथा वातावरणीय सम्भाव्यता अध्ययन गरी बोर्डलाई सुझाव दिनका लागि परामर्श सेवा माग भएकोमा अहिलेका लागि रद्ध भएको बोर्डले जानकारी दिएको छ। 

images
images

काठमाडौं चक्रपथ क्षेत्रमा ई-बीआरटी सञ्चालन, सेवा तथा भौतिक सञ्चालनको डिजाइन प्रणालीको अध्ययन गर्नका लागि परामर्शदाता माग गर्दै आसयपत्र माग गरिएको थियो।  

यसअघि नगर विकास कोषले पनि काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण न्यूनीकरणका लागि ‘ई-बीआरटी’ प्रणाली सञ्चालनको योजना अघि सारेको थियो।  

सहरी सार्वजनिक यातायातका अन्य विकल्पको तुलनामा सहज र पहुँचयोग्य हुने, पेट्रोलियम पदार्थको खपत न्यूनीकरण हुने तथा प्रदूषण नियन्त्रणमा पनि सहयोग पुग्ने भएकाले ई-बीआरटी अघि बढाउने तयारी कोषले गरेको थियो। 

ई-बीआरटी प्रणाली काठमाडौं उपत्यकाका पाँच रुटमा सञ्चालन गर्न सकिने यसअघि नै भएको अध्ययनले देखाएको छ। जापान सहयोग नियोग जाइका र एसियाली विकास बैंकको सहयोगमा भएको अध्ययनले तय गरेका रुटसहित पाँचवटा तय भएको थियो। 

ई-बीआरटी सञ्चालन हुनसक्ने रुटमा काठमाडौं उपत्यकाको चक्रपथ, भक्तपुरको सुर्यविनायक- रत्नपार्क मुख्य रुट हुन्। त्यसबाहेक नदी करिडोरमा तीनवटा रुटमा सञ्चालन हुनसक्ने देखिएको छ। बोर्डले फेरि पूराना अध्ययनहरूको समीक्षा गर्दै निजी लगानीकर्ता आकर्षित हुने खालको प्रतिवेदन तयार पार्न भन्दै परामर्श सेवा लिन खोजेको छ। 


प्रकाशित : बुधबार, माघ १८ २०७९०४:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend