काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर छ। सोमबारको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको हो।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबारका लागि छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेर १ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यता चाँदीको मूल्य भने स्थिर छ। सोमबार प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लाथि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।