शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

images
मंगलबार, माघ १७ २०७९
images
भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

अन्य बालीका तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट बिक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी विश्वास अङगाईँले बताए।

images
images

भोजपुर- भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो।  

images
images
images

यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ। गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।
 
जिल्लाको सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गर्दछ।
 
अन्य बालीका तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट बिक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी विश्वास अङगाईँले बताए। 'यस वर्ष भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि भएको छ', उनले भने, 'मौसम अनुकूल भएकाले सुन्तला राम्रो फलेको देखिन्छ। हामीले पनि किसानलाई प्राविधिक सहयोग गरिरहेका छौँ।'

images
images

उत्पादन भएको सुन्तला प्रतिकेजी एक सयदेखि एक सय २० रुपैयाँमा बिक्री हुँदै आएको छ। जिल्लाभर नौ सय २० हेक्टर क्षेत्रफमा सुन्तला खेतीभएको केन्द्रले जनाएको छ। रासस

images
images


प्रकाशित : मंगलबार, माघ १७ २०७९०४:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend