शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

दूधको मूल्य बढाउन माग

images
मंगलबार, माघ १७ २०७९
images
दूधको मूल्य बढाउन माग

यहाँ उत्पादन भएको ५५ प्रतिशत दूध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीलगायतका जिल्लामा खपत हुँदै आएको छ।

images
images

भरतपुर- चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन्। उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन्।

images
images
images

पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे। उनले बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको आरोप लगाए। 

images
images

चितवनलाई  सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो। जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यहाँका किसानले ६८ हजार छ सय ११ वटा गाईभैँसी पालेका छन्। जसबाट प्रतिदिन तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ।

images
images

यहाँ उत्पादन भएको ५५ प्रतिशत दूध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीलगायतका जिल्लामा खपत हुँदै आएको छ। अहिले ढुटो, मकै, पिना, दाना, चोक्करजस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको संघका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले बताए। 

उनले  उपभोग्य वस्तुको मूल्य बढ्दा किसानले प्रतिलिटर दूधमा आठदेखि दश रुपैयाँ घाटा बेहोर्नुपरेकाले हामीले सरकारलाई दूधको मूल्य बढाएर प्रतिलिटर न्यूनतम ७० रुपैयाँ बनाउन माग गरे।  पछिल्लो समय सरकारले विसं २०७८ माघ १६ गते दूधको मूल्य बढाएको थियो। रासस


प्रकाशित : मंगलबार, माघ १७ २०७९०४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend