शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

भारत र चीनको आर्थिक वृद्धिदर उच्च रहने 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ १७ २०७९
images
भारत र चीनको आर्थिक वृद्धिदर उच्च रहने 

पछिल्लो समय मूल्यवृद्धिमा केही राहत देखिएको तथा अन्य सूचकमा सुधार देखिएको उल्लेख गरेको छ। विशेषगरि चीनले शून्य कोभिड नीति अन्त्य गरेको र यसको प्रभाव चीन लगायतका अन्य देशमा पनि पर्नेछ। 

images
images

काठमाडौं- विश्वव्यापी आर्थिक मन्दीका बीच भारत र चीनको आर्थिक वृद्धि उच्च रहने भएको छ। 

images
images
images

अन्तर्राष्ट्रिय मुद्रा  कोषले गरेको प्रक्षेपन अनुसार यो वर्ष ठूला अर्थतन्त्रमा चीन र भारतको वृद्धिदर उच्च हुने देखिएको छ। कोषका अनुसार सन् २०२३ मा भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत हुने अनुमान गरिएको छ। त्यस्तै चीनको वृद्धिदर ५.२ प्रतिशत हुने अनुमान गरिएको छ। 

images
images

पछिल्लो समय मूल्यवृद्धिमा केही राहत देखिएको तथा अन्य सूचकमा सुधार देखिएको उल्लेख गरेको छ। विशेषगरि चीनले शून्य कोभिड नीति अन्त्य गरेको र यसको प्रभाव चीन लगायतका अन्य देशमा पनि पर्नेछ। 

images
images

कोषका अनुसार चीनको अर्थतन्त्र पूर्णरुपमा खुला हुँदा चिनियाँहरूको खर्च बढ्ने र त्यस्तो खर्च उनीहरूले देश बाहिर पनि गर्नेछन्। त्यस्तै चीनको औद्योगिक उत्पादनमा वृद्धि हुँदा विश्व अर्थतन्त्रमा प्रभाव पार्ने कोषले उल्लेख गरेको छ। 

कोषले सन् २०२३ मा विश्व अर्थतन्त्र २.९  प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ। सन् २०२२ मा भने यस्तो वृद्धिदर ३.४ प्रतिशत कायम भएको छ। 

 


प्रकाशित : मंगलबार, माघ १७ २०७९०४:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend